७ वैशाख २०८१ शुक्रबार
समाज

सशस्त्र प्रहरी र भारतीय एसएसबि मिलेर दशगजाको अतिक्रमण हटाउँदै

सशस्त्र प्रहरी बल सर्लाही र भारतीय एसएसबि मिलेर नेपाल भारत सीमालाई छुट्याउने दशगजा क्षेत्रको अतिक्रमण हटाउने काम गरिरहेका छन्।

गत पुस २३ गते सशस्त्र प्रहरी निरीक्षक विष्णु अधिकारीको कमान्डमा ११ जना र भारतीय समकक्षी एसएसबिको २० बिएन ए कम्पनी पचहरवाबाट इन्स्पेक्टर अरविन्द कुमारको कमान्डमा ११ जना गरी २२ जनाको संयुक्त टोलीले नेपालतर्फको बलरा नगरपालिका ५ अर्नाहा र भारततर्फको सीतामढी जिल्लको बेलवा ग्राम पंचायत ५ को बिचमा रहेको दशगजा क्षेत्रको विभिन्न अतिक्रमण हटाउने काम गरेको थियो।

यसै गरी गत १३ माघमा पनि दुवैतर्फको गरी २७ जनाको संयुक्त टोलीले बलराको बेलवा नयाँ टोला र भारततर्फको पनि बेलवाबिचमा रहेको दशगजा क्षेत्रलाई अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउनुका साथै विभिन्न सामग्रीहरू हटाएको छ। यसै गरी दशगजामा रहेको रुख विरुवालाई पनि फडानी गरिएको छ।

माघ १४ मा दुवैतर्फका ३६ जनाको संयुक्त टोलीले नेपालतर्फको गौडैता नगरपालिका १२ मधुवनी र भारततर्फको बहेरा ग्राम पंचायत २ को बिचमा रहेको दशगजा क्षेत्रबाट अवैध संरचनाहरु हटाइएका छन्। संयुक्त टोलीले दशगजालाई अतिक्रमण गरी दुवैतर्फबाट बनाइएका घरटहरा हटाउनुका साथै केरा खेती, तरकारी खेती तथा किचेन टहरालाई पनि हटाएको छ।

दशगजा क्षेत्रलाई अतिक्रमण गरी पशु बाँध्ने, गोठ बनाउने, गुइँठा बनाउने, रुख रोप्ने, तरकारी खेती गर्ने लगायतका काम दुवैतर्फका स्थानीयबासीले गर्दै आएकामा सबैलाई हटाउने काम दुवैतर्फका संयुक्त टोलीले गरेको छ। दुवैतर्फबाट सीमामा खट्ने अधिकारीहरूको समन्वयमा दशगजाको अतिक्रमण हटाउने काम भएको सशस्त्र प्रहरी निरीक्षक विष्णु अधिकारीले जानकारी गराएका छन्।  

प्रकाशित: १९ माघ २०७९ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App