६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

४४ औं पर्यटक प्रहरी दिवसमा रक्तदान कार्यक्रम

पर्यटक प्रहरीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ४४ औं पर्यटक प्रहरीको दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

रक्तदान कार्यक्रम २८ पुरुष र १२ महिला गरी जम्मा ४० जनाले रक्तदान गरेको पर्यटक प्रहरीका प्रवक्ता चन्द्र किसोर शाहले बताएका छन्। पर्यटक प्रहरी दिवस मनाउने क्रममा रक्तदान कार्यक्रम गरेको प्रवक्ता शाहले बताएका छन्।  

उनले पर्यटन प्रवद्र्धनमा पर्यटक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सुरक्षित पर्यटकिय गन्तव्यको सुनिश्तिता पर्यटक प्रहरीको कर्तव्य भएको बताए।

प्रवक्ता शाहले नेपालको पर्यटन विकास, विस्तार र प्रर्वद्धनमा पर्यटक प्रहरीको भूमिका अपरिहार्य भएको उल्लेख गदै भने, ‘पर्यटकहरुले शुरक्षित महशुस गरेन भने मुलुकले जति नै प्रचारप्रसार गरे पनि पर्यटकको संख्या बृद्धी गर्न सकिदैन्। यदी उनीहरूको आगमन र बसाईलाई नै सुरक्षित गर्न सकिएन भने कसरी धेरै पर्यटक ल्याउन सकिन्छ र?’

उनले पर्यटक प्रहरीले पर्यटकहरू सुरक्षाको प्रत्याभूत गर्ने, संस्कृतीको जगेर्नामा सहोग गर्ने, पर्यटकहरुको आगमन तथा बसाईमा सहजिकरणगर्ने लगायतका कार्यहरु गर्दै आइरहेको जनाएको छ।  

प्रकाशित: १० माघ २०७९ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App