६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

१७ डिआइजीको सरुवा

नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काजसरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विभाग कर्मचारी प्रशासन शाखाद्वारा बिहीबार जारी सूचनाअनुसार ‘अर्को आदेश नभएसम्मका लागि’ १७ जना डिआइजीको जिम्मेवारी हेरफेर गर्दै सरूवा गरिएको हो।  

प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहका ब्याची तीनजना डिआइजीलाई प्रदेश नेतृत्वबाट काठमाडौं उपत्यकामा ल्याइएको छ। अर्को ब्याचका थप १४ जना डिआइजीलाई प्रदेश नेतृत्व र अन्य ठाउँमा पठाइएको छ।  

आइजिपी सिंहका ब्याचमेट डिआइजीहरू नलप्रसाद उपाध्यायलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौं, मोहनकुमार आचार्यलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्ज काठमाडौं र मसाउद आलम खाँलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ।  

यस्तै अर्को ब्याचका डिआइजीहरू वसन्तबहादुर कुँवरलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ। उनी प्रहरी प्रधान कार्यालय नक्सालको कार्य विभागअन्तर्गत कार्य निर्देशनालयमा थिए। प्रहरी प्रधान कार्यालयका प्रवक्ता रहेका अर्का डिआइजी टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा कार्यरत डिआइजी अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत डिआइजी दीपक थापालाई वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गरिएको छ।  

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डिआइजी श्यामलाल ज्ञवालीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर र डिआइजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुखमा सरूवा गरिएको छ। डिआइजी सन्दीप भण्डारीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनबाट सरुवा गरी प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा ल्याइएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत डिआइजी सुदीप गिरीलाई प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय अन्वेषण, योजना तथा विकास निर्देशनालयमा कार्यरत डिआइजी भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डिआइजी रामदत्त जोशीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुव गरिएको छ।

डिआइजी जोशीको ठाउँमा डिआइजी बुद्धिराज गुरूङलाई पठाइएको छ। गुरूङ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत थिए। कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत डिआइजी पोषराज पोखे्रललाई प्रहरी प्रधान कार्यालय आइजिपी सचिवालयमा ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत डिआइजी दुर्गा सिंहलाई चितवनस्थित प्रहरी शिक्षालयमा पठाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत डिआइजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरूवा गरिएको छ।

यसैगरी प्रहरी प्रधान कार्यालयले २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को पनि काज सरुवा गरेको छ।

प्रकाशित: २९ पुस २०७९ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App