९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रहरीको जमिन वर्षौंदेखि भारतीयलाई ठेक्का

नेपाल प्रहरीको अधीनमा रहेको करिब २५ बिघा ऐलानी जमिन वर्षौंदेखि भारतीय नागरिकले भोगचलन गर्दै आएको पाइएको छ। कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरमा रहेको उक्त जमिन प्रहरीको उपल्लो तहका अधिकारीहरूले भारतीय नागरिक ज्ञानी सरदारलाई आफूखुसी भोगचलन गर्न दिएको खुल्न आएको हो।

जलाउँदै गरेको शव प्रहरी नियन्त्रणमा

जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या पछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले शुक्रबार त्यसलाई नियन्त्रणमा लिएको हो।

सुरक्षाका लागि राखिएको सिसि क्यामरा दुई वर्षदेखि बन्द

जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल कक्ष राखेर जोडिएको सिसि क्यामराले २ वर्षदेखि काम गर्न छाडेको छ। ३ वर्षअघि दैलेख बजार, चुप्रा र गुरासेँसहित ९ स्थानमा राखिएको क्यामरा बिग्रीएको हो। दैलेखको सार्वजनिक स्थलमा १० वटा क्यामरा जडान गरिएको थियो।

पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा

खेलपत्रकार सुमन चापागाईलाई सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठौर, महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवर र बालाजु प्रहरी वृत्तका डिएसपी बालनरसिंह राणाले कुटपिट गरेका थिए।

प्रहरीलाई घुस दिन खोज्दा एक पक्राउ

वडा प्रहरी कार्यालय वालिङले घुस दिन खोज्दा एक जनालाई पक्राउ गरेका छन्। वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरञ्जन घिमिरेलाई कार्य कक्षामा गई १५ हजार रुपैयाँ नगद दिन खोज्दा वालिङ नगरपालिका–८ का जहरुदीन मिया पक्राउ परेका हुन्।

के भएको थियो जामिया मिल्लिया इस्लामिया विश्विद्यालयमा ?

आइतबार साँझ जामिया मिल्लिया इस्लामिया विश्विद्यालयसँगै रहेको जुलेना र मथुरा रोडमा नागरिकता संशोधन कानुनको विरोधमा उत्रिएका प्रदर्शनकारीले केही बसमा आगो लगाइदिए।

‘वैदेशिक रोजगारी ठगी मुद्दाको अनुसन्धान प्रहरीले गर्नुपर्छ’

हाल वैदेशिक रोजगारीको क्रममा पीडित भएका व्यक्तिको उजुरी लिएपछि विभागका अधिकारीहरूले नै मुद्दाको अनुसन्धान र अभियोजन गर्ने गर्छन्।

प्रहरी चौकी अन्यत्र नसार्न स्थानीयको माग

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थानीयले प्रहरीचौकी सछितापोखरीलाई अन्यत्र नसार्न माग गरेका छन्।

प्रहरीको असावधानीले धनुषामा बम विस्फोट

पति राजेश्वलाई विस्फोटमा गुमाएकी मिथिला (अञ्जु) अर्धचेत अवस्थामा छिन्। बेलाबेलामा होसमा आउँदा उनी अञ्जलीको पापा (राजेश साह) लाई ल्याइदिनु भन्दै चिच्याउँछिन्, एक छिनपछि फेरि मुर्छा परिहाल्छिन्। छोरा राजेशको मृत्युपछि आमा रामरतीदेवी पनि बोल्न सक्ने अवस्थामा छैनन्।

सिसी क्यामेराको नियन्त्रण गर्न प्रहरी चौकीमा सञ्चार कक्ष

शुक्लागण्डकी नगरपालिकाले बजार र राजमार्ग क्षेत्रमा जडान गरेको सिसी क्यामेराको नियन्त्रण गर्न सञ्चार कक्ष निर्माण गरिएको छ। ईलाका प्रहरी कार्यालय बेलचौतारामा निर्मित दुई कोठे कक्षको शनिबार मेयर किसान गुरुङले उद्घाटन गरे।

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी! २२ पक्राउ

प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार विहान सुरु भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।

मुक्कासहितको सेवा !

सागको सुरक्षामा खटिएका डिएसपी रुगम कुँवरले एक सर्वसाधारणलाई कुटपिट गरेको तस्बिर खिच्दै गर्दा हाम्रा सहकर्मी चापागाईंमाथि सोह्रखुट्टे वृत्तका डिएसपी सन्तोषसिंह राठौरले मुक्का प्रहार गरी घाइते बनाएका थिए। यी प्रहरीहरूमाथि कारबाही नहुने हो भने नेपाल प्रहरीको ‘मुस्कानसहितको सेवा’मा गम्भीर धक्का लाग्नेछ।

पचास हजार घुससहित दुई प्रहरी पक्राउ

नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रूपैयाँ घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्