९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अब प्रहरीको अनुसन्धान डायरी प्रमाणको रूपमा लिन नमिल्ने

प्रहरीले अनुसन्धानका क्रममा आफ्नो डायरीमा टिपोट गरेका कुरालाई प्रमाणका रूपमा लिन नमिल्ने व्यवस्थासहित संसदीय समितिले प्रमाण ऐन २०३१ को संशोधन विधेयक पारित गरेको छ।

पत्रकार कुटिएको घटनाप्रति राखेपको आपत्ति

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को रिपोर्टिङका क्रममा प्रहरीले पत्रकार कुटपिट गरेको घटनाप्रति राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ।

अख्तियारले फाइल लगेपछि रोकियो खरिद प्रक्रिया

नेपाल प्रहरीको न्यानो कपडा खरिद प्रक्रिया तथा वितरणमा अनियमितता भएको पाइएको छ। नियम अनुसार नयाँ लुगा खरिदको लागि टेन्डर आह्वान अवधि सकिएपछि १५ दिनभित्र लुगा खरिद गर्न निर्णय भइसक्नुपर्छ।

विमानस्थलमा प्रहरीले बढायो निगरानी

तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ।

जिल्लाका विद्यालयहरुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरि रहेको छ। प्रहरीसंग साझेदारी कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा सञ्चालन भई रहेको हो। सोमबार जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा म्याङलुङ ४ मा रहेको सारधा आधारभुत विद्यालयमा समुदाय प्रहरी साझेदार कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी र सेनाकै नक्कली कागजात बनाउने गिरोह प्रहरीको फन्दामा

प्रहरी र सेनाको नक्कली कागजात र पुलिस रिपोर्ट बनाउने एक गिरोह प्रहरीको फन्दामा परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)द्वारा खटिएको प्रहरी टोलीले गिरोहमा संलग्न तीन जना प्रहरीको फन्दामा परेका हुन्।

प्रहरीलाई उलन पाइन्ट अभाव

ठेक्का लिने कम्पनीको बदमासीका कारण नेपाल प्रहरीले जाडोमा उलन पाइन्ट अभाव बेहोर्नुपरेको छ। यो वर्ष उलन पाइन्ट सप्लाई गर्ने ठेक्का जेएम बीडी इन्टरनेसनल कम्पनीले पाएको थियो।

हस्तकलाका सामग्री चोर्ने पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई आइतबार राति पक्राउ गरेको हो।

चोरीमा संलग्न चार जना पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई गएराति पक्राउ गरेको हो ।

नगरपालिकाको केन्द्रमा प्रहरीचौकी स्थापना

स्थानीय तहको शान्ति सुरक्षालाई ध्यानमा राखेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा प्रहरीचौकी स्थापना गरिएको छ।

विकट क्षेत्रमा प्रहरी चौकी स्थापना

जिल्लाको दक्षिणी भेगको राजमार्ग क्षेत्र र उत्तरी भेग सुुरक्षाका दृष्टिले अत्यन्त्यै संवेदनशील मानिन्छ। दक्षिणी भेगमा राजमार्ग क्षेत्र भएकाले प्रहरीले उपस्थिति बाग्लो छ तर उत्तरी भेगमा भौगोलिक कठिनाईका कारण प्रहरीको उपस्थिति न्यून छ।

सिन्धुलीमा बम विस्फोट, विप्लव समुह संलग्न भएको प्रहरीकाे आशंका

सिन्धुलीको दुधौली नगरपालिका—१४ झाँक्रीटारमा अज्ञात समुहले बुधबार राती प्रेसर कुकर बम विष्फोट गराउदा तीन वटा सवारीमा क्षति पुगेको छ।

घेराबन्दीमा परेका प्रदर्शनकारी डोरी प्रयोग गरेर भागे

हङकङ प्रहरीले आइतबार राति १० बजेभित्रै पोलिटेक्निक विश्वविद्यालय हाताभित्र रहेका प्रदर्शनकारीलाई सो क्षेत्र छोड्न चेतावनी जारी गरेको थियो। दिइएको समयभित्र पनि प्रदर्शनकारीले विश्वविद्यालय नछोडेपछि प्रहरीले उनीहरु लक्षित कारबाही सुरु गरेको थियो।

सशस्त्र प्रहरी टोली सीमाक्षेत्र

नेपाली गोठ सञ्चालकहरूलाई भारतीय सुरक्षाकर्मीले के–कसो छ भनेर सोध्ने गरेका छन्। हिँडडुल अलि बाक्लो गर्न थालेका छन्। तर नेपालतर्फ भने सुरक्षा चहलपहल छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्