४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुलीमा बम विस्फोट, विप्लव समुह संलग्न भएको प्रहरीकाे आशंका

सिन्धुली- सिन्धुलीको दुधौली नगरपालिका—१४ झाँक्रीटारमा अज्ञात समुहले बुधबार राती प्रेसर कुकर बम विष्फोट गराउदा तीन वटा सवारीमा क्षति पुगेको छ।

सिन्धुली र उदयपुर जिल्लाको सिमानामा पर्ने उक्त क्षेत्रमा मारुती सिमेन्टको ढुङगा खानी जाने बाटो बनाउन प्रयोग भएको एक चेनवाला स्काभेटर, एक जेसीभि र एक टिपरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार अज्ञात समुहले सवारीको रेखदेख गर्न बसेका चालक तथा सहचालकलाई त्यहाँबाट अन्यत्र जान धम्कि दिदै स्काभेटरको चेनमा राखेर कुकुर बम विस्फोट गराएका थिए।

विस्फोटसँगै अज्ञात समुहले अन्य दुई ओटा स्काभेटर तथा जेसीभिमा खतरा लेखिएको कुकुर बम राखेर भागेका थिए। मारुती सिमेन्टको चुन ढुंगाखानीमा जाने सडक निर्माणमा प्रयोग गरिएका ती निर्माण सवारी साधनमा आक्रमण गरि क्षती पुर्‍याइएको हो।

चार/पाँच जनाको समूहमा आएका बिप्लव समूहका कार्यकर्ताले हामीलाई अन्यत्र जान भन्दै बम विस्फोट गराए विस्फोटका प्रत्यक्ष दर्शीको भनाइलाई उदृत गर्दै एसपी सिंहले नागरिकन्युजसँग भने 'अर्को स्काभेटरमा खतरा लेखेको प्रेसर कुकर बम राखेर भागेका हुन्।' प्रहरीले विस्फोटमा संलग्न अज्ञात समुह नभई विप्लवका कार्यकर्ता भएको अनुमान गरेको छ।

मंगलबार राती दुधौली नगरपालिका १३ मा निर्माण व्यवसायी छेत्र बम्जनको स्काभेटरमा आगजनी भएलगत्तै मारुती सिमेन्टको निर्माण सामाग्रीमा क्षति पुर्‍याएका हुन्। 'विप्लव समुहका कार्यकर्ताको जताततै चन्दा आतङक छ,' एसपी सिंहले भने, 'उनीहरुनै संलग्न भएको हुनसक्छ।'

निर्माण व्यवसायी बम्जनलाई एक करोड पचास लाख चन्दा माग गरेको र उक्त चन्दा नदिएपछि स्काभेटरमा आगजनी भएको व्यवसायी बम्जनको भनाइ छ।

 

प्रकाशित: ५ मंसिर २०७६ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App