विराटनगर–पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने
कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन्।
कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन्।
पर्यटन वर्ष लक्षित गरेर जिल्लाका होटलमा ३० करोड रूपैयाँ नयाँ लगानी थपिएको थियो । तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूले उठ्नै नसक्नेगरी घाटा खानुपरेको व्यवसायीको गुनासो छ ।
पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल केही महिनाका लागि बन्द भएका छन्।
कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेपनि ७ महिनापछि जिल्लाका पर्यटकीय क्षेत्र पर्यटकले भरिँदैछन् ।
रसुवाको पर्यटकीयस्थलहरूलाई प्लाष्टिक मुक्त बनाउनका लागि अभियान सञ्चालन गरिने भएको छ। पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्ड अन्तर्गत पर्ने तीनवटा पदमार्गमा अभियान सञ्चालन गर्न लागिएको हो।
नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य तथा प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षहरुलाई समेटेर गुरुयोजना बनाइएको छ
संक्रमित व्यक्तिको कार्यालय रहेको निहुँमा टोल नै सिल गरेपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो। उक्त आलोचनापछि त्यो अवरोध हटाइएको थियो।
पश्चिम क्षेत्रको पर्यटकीय गन्तव्यको रुपमा चिनिएको ठाकुरद्धारा स्थित गैडा क्याम्प रिसोर्टका सञ्चालक रामजी थापाले फेसबुकमा एउटा पोष्ट गरे। रिसोर्टमा खसीको फोटो सहित फेसबुकमा फोटो राखेर अर्को विकल्प भन्दै बाख्रा पालन सुरु गरेको सार्वजनिक गरे।
लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र ५२ वटा होटल, लज तथा चिया पसल सञ्चालन छन्। उनीहरूले ग्रेडअनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउनु पर्छ। निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले एक लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘घ’ वर्गकाले ६० हजार र घ वर्गकाले २० हजार रुपैयाँ वार्षिक राजस्व तिर्नुपर्छ।
‘व्यावसायिक रुपमा आम्दानी नभए पनि पोखरा क्षेत्रका पाहुना घुमघाममा आउन सक्छन् भनेर हामीले पुल सञ्चालनमा ल्यायौं। बन्जीलगायत साहसिक गतिविधिका पूर्वाधार तत्काल चल्ने अवस्था रहेन।’
कोरोना विषाणु कहर सुरु भएपछि यसको प्रभाव नपर्ने विरलै क्षेत्र छन्। सबैभन्दा बढी पर्यटन क्षेत्रलाई यसले आक्रान्त तुल्याएको छ। हाम्रो मुलुकका हिमाच्छादित पर्वत शृृंखला, मोहनीलाग्दा पर्यटकीयस्थल र मुस्काइरहने अनुहारले पर्यटकलाई लोभ्याउँदै आएको हो।
पाँचथरको फालेलुङ गाउँपालिका–६ को आहाल भन्ने ठाँउमा संग्रहालय भवन निर्माणमा भारतीय सुरक्षाकर्मी अवरोध गरेपछि स्थलगत अनुमन गर्ने गरी बनाईएको टोलीले नेपाल तर्फको पर्यटकीक पूर्वाधार भारतर्फ पार्न खोजीएको निष्कर्ष निकालेको छ । टोलीले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार उक्त क्षेत्रका स्थानीयबासीलाई अनुश्चित रुपमा मानसिक दबाव दिने गरेको समेत उलेख्ख छ ।
‘नेपालीहरु पूर्वाधार विकास गर्दै सीमाको रेखदेख र संरक्षण तथा पर्यटन विकासमा लागेको भारतीय पक्षले देख्न नसकेर सीमाको समस्या सिर्जना गरेको हो,’ खपाङ्गीले भने ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको दिगो विकासका लागि ठमेल क्षेत्रका व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने भएका छन्। विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसले मुलुकको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको भन्दै यसको सामनाका लागि एकजुट भएर अगाडि बढ्न लागेका हुन्।