३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

पर्यटकीय क्षेत्र सुनसान, वैकल्पिक पेशा अगाल्दै

क्याप्शन

पश्चिम क्षेत्रको पर्यटकीय गन्तव्यको रुपमा चिनिएको ठाकुरद्धारा स्थित गैडा क्याम्प रिसोर्टका सञ्चालक रामजी थापाले फेसबुकमा एउटा पोष्ट गरे। रिसोर्टमा खसीको फोटो सहित फेसबुकमा फोटो राखेर अर्को विकल्प भन्दै बाख्रा पालन सुरु गरेको सार्वजनिक गरे। फोटामा कोरोना कहरले सबत्र नोक्सानी व्याहोर्न परेको उनको वालमा धेरैले सकारात्मक पक्ष भन्दै वालमा प्रतिक्रिया दिए।

पर्यटकले खचाखच भरिने पश्चिम नेपालकै पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज अहिले सुनसान छ। चैत ११ गते सरकारले लकडाउन सुरु गरेपछि  वन्यजन्तु अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटकले आएका छैनन्। लकडाउनमा फसेका पर्यटकले ठाकुरद्धारा छाडिसकेको अर्का व्यबसायी शंकर भट्टराईले बताए। ‘गोरा देख्न नपाएको लामो समय भईसक्यो,’ उनले भने।

कोभिड-१९ महामारीका कारण पर्यटन व्यबसाय शून्य अवस्थामा पुगेको छ। पर्यटक आउन छाडेपछि पर्यटन उद्योग धराशायी बनेका छन्।अधिकांश होटल संचालकले बिदा दिएका कर्मचारीलाई बोलाएका छैनन्। होटल वा रिसोर्टका ढोका बन्द छन्। कर्मचारीलाई घर बिदा दिईएको छ। ‘हामी होटल व्यवसायी त नराम्ररी धराशायी भयौं। पाँच  महिनाको अवधिमा करिब ४० लाख रुपैयाँ बराबरको कारोबार हुन्थ्यो। लकडाउन पछि त कारोबार ठप्प हुँदा आम्दानी पनि शून्य छ,’थापाले दुखेसो गरे।

कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनमा पर्यटन व्यवसायीलगायत धेरैको आय आर्जनको अवसर गुमेको उनले सुनाए। ‘अब कहिले सम्म यस्तो अवस्था रहने हो, व्यवसायीमा अन्यौल छाएको छ। ‘हाम्रो व्यवसाय धरापमा पर्यो,’ उनले भने। बैंकको ऋण छ। व्यापार छैन। बैंकले धमाधम ब्याजको ताकेता गरिरहेका छन्। कसरी ऋण तिर्ने हो मानसिक तनाव बढ्न थालेको सुनाए।

करौडौं लगानीमा संचालन भएको २३ वटा रिसोर्टमा ताल्चा लागेको छ। पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै करोडौंको लगानीमा खुलेका होटल यतिखेर व्यवसायविहीनको अवस्थामा छन्। पर्यटन वर्षलाई मध्यनजर गर्दे होटल विस्तार गरेका थिए। कोरोना महामारीले व्यवसायी पूर्ण रुपमा डुबेको थारु होमका सञ्चालक तथा पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष मोहनलाल चौधरी बताउँछन्।

पर्यटन व्यवसाय चौपट भइरहँदा घरेलु उत्पादन खपत नहुन्दा किसान समेत निराश भएका छन्। पर्यटकको शून्य आवागमनले निकुञ्जको राजस्वसमेत प्रभावित बनेको छ। ठाकुरद्वारा क्षेत्रमा होटल व्यवसायमा संलग्न ५ सय जना कर्मचारीको रोजगारी गुमेको छ। व्यवसायीले निकुञ्जमा थपिएको दस्तुर घटाउनुपर्ने माग गरेका छन्। यसले पर्यटकलाई निकुञ्ज घुम्न आर्कषण गर्न सक्ने अध्यक्ष थारु बताउँछन्।

प्रकाशित: ३२ श्रावण २०७७ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App