३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

बसमा भेटिएको रकम प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो

काकडभिट्टाबाट कपिलवस्तुको चन्द्रौटामा आउनेक्रममा बसमा हराएको ३ लाख ४ हजार ७ सय नगद र सुन सहितको सामान प्रहरीले सम्बन्धित महिलालाई बुझाएको छ।

गुल्मी चन्द्रकोट नगरपालिका वडा नम्बर ८ बस्ने झबिन्द्र बहादुर सुवेदीको श्रीमती प्रियङ्का थापा सुवेदीले गत असोज ३० गते बसमा यात्राका क्रममा नगद सुनको औँठी, सहित बिभिन्न सामान रहेको झोला बस मै छुटेको थियो।

कार्तिक १ गते कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा आए पछि प्रियङ्कालाई आफ्नो झोला छुटेका थाहा पाए पछि उनले वडा प्रहरी कार्यालय चन्द्रौटालाई त्यस बारे जानकारी गराएकी थिइन । प्रहरीले अनुसन्धान र खोजबिनको क्रममा सो झोला बारे एक घण्टा मै जानकारी पाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन बिक्रम शाहले जानकारी दिए।

सो बसमासंगै यात्रा गरेका ७ जना मध्ये शिवराज नगरपालिका वडा नम्बर ६ का बसीर चुृरैटाले सो झोला फेला पारेका थिए। प्रहरीले सो झोला बसिरको घरमा पुगेर बुझेका थिए। सो झोलामा रहेको नगद सहितको सामाग्री प्रहरीले प्रियङ्कालाई बुझाएको प्रहरी निरीक्षक शाहले बताए।

गर्भवती रहेकी प्रियङ्का उपचारका लागि भारतको शिलगुढी सो पैसा लिएर जाँदै थिइन। झोला हराएर अतालिएकी प्रियङ्काले केही घण्टा मै प्रहरीको सहयोगमा सो झोला सहितको नगद हातमा परे पछि खुसी भएकी छिन। उनले प्रहरी जनताको साथी रहेको भन्दै प्रशंसा समेत गरिन।

प्रकाशित: ३ कार्तिक २०८१ १५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App