४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बस दुर्घटनामा आमा–छोरासहित १५ को मृत्यु

संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा आमा–छोरासहित १५ जनाको मृत्यु भएको छ। उक्त बस मादीबाट झापाको दमकका लागि यात्रु लिएर हिँडेको थियो।

पेरुमा बस दुर्घटनाः २० जनाको मृत्यु,३३ घाइते

उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

पाल्पामा शव बोकेको बस दुर्घटनाः सात जनाको मृत्यु

आज बिहान पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। बुटवल तर्फबाट शव बोकेर गुल्मीको रिडि जाँदै गरेको बस पाल्पाको रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर ट्वातीले बताए। घटनामा ८ जना गम्भीर घाइते भएका छन्।

कास्कीको पाउँदुरमा बस दुर्घटना, चालकको मृत्यु

भैरहवाबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस कास्कीको अन्नपूर्ण गाँउपालिका–३ पाँउदुरमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अरु आठजना यात्रु घाईते भएका छन्।

बस दुर्घटनामा एकको मृत्यु, २२ जना घाइते

कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

बस दुर्घटनामा युवकको निधन

गाईघाटदेखि बिराटनगरका लागि छुटेको ना६ ख९२४६ न.को बसको ढोकाबाट लड्दा बसमा सवार जिल्ला मोरङ बरगाछीका अन्दाजी ३०र३१ वर्षीय सिजन शर्माको ज्यान गएको हो।

रोल्पामा बस दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत

दाङबाट रोल्पाको थवाङ जादै गरेको बस बिहीबार बेलुका दुर्घटना हुँदा मृत्यु भएका चार जनामध्ये ३ जनाको सनाखत भएको छ।

रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका रोल्पाका प्रहरी निरिक्षक सन्तोष केसिका अनुसार दुर्घटनामा परि १७ घाइते भएका छन्।

सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

सल्यानको जैतपानीबाट दाङ तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो।

सल्यान बस दुर्घटना: मृतक संख्या ११ पुग्यो

दुर्घटनामा परि गम्भिर घाईते भएका ६ जनालाई भने थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

पाँचथर बस दुर्घटनाः मृतक संख्या चार पुग्यो, तीन जनाको मात्र सनाखत

पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ।

पाँचथरमा बस दुर्घटनाः घाइतेमध्ये दुईको मृत्यु

उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन। चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए। दुर्घटनामा अन्य ६२ जना घाइते छन्। घाइतेमध्ये १५ बालबालिका छन्।

मुगु बस दुर्घटनाः मृतकका परिवारलाई एक लाख दिइने

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सुर्खेतमा बस दुर्घटना: दुई जनाको मृत्यु

दैलेखको बेस्तडाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको बस वीरेन्द्रनगर–१४ लादे भन्ने ठाउँ दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्