coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

सल्यानमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। यो संगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बस दुर्घटनामा परेका थप एक जनाको मृत्यु भएको र यो संगै अहिले सम्म मृत्यु हुनेको संख्या १२ पुगेको जानकारी दिए।  

सल्यानको जैतपानीबाट दाङ तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो।  

बस सल्यानको कपुरकोट ५ थारखोला भन्ने स्थानमा दुर्घटनामा परेको सल्यानका प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिए। ३० जना बसमा सवार रहेको र अन्य सबै घाईते भएको पनि उनले जनाए । दुर्घटनामा परि गम्भिर घाईते भएका ६ जनालाई भने थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

बस सडक देखि झण्डै एक सय मिटर तल खसेको डिएसपी थापाले जानकारी दिए। 

प्रकाशित: २१ कार्तिक २०७८ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App