१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सल्यान बस दुर्घटना: मृतक ८ जनाको सनाखत

सल्यानमा भएको बस दुर्घटनामा परि मृत्यु भएका १२ जना मध्य ८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा परि सल्यान शारदा नगरपालिका १२ कि ५३ बर्षिया प्रभा चलाउने, शारदा नगरपालिका २ कि ६१ बर्षिया मिना डाँगी, शारदा नगरपालिका वडा नम्बर ३ कि ६६ बर्षिया लिला बुढाथोकी, सल्यान त्रिवेणी गाउँपालिका ४ काभ्राकि २४ बर्षिया मिना शाही रहेका छन्।  

यस्तै, दाङ बबई गाउँपालिका वडा नम्बर ४ का डुरी रेउले, बबई गाउँपालिका वडा नम्बर ६ पञ्चकुलेकी ७० बर्षिया कलावती बुढाथोकी , घोराही उपमहानगरपालिकाकि ६५ बर्षिया ईन्दिरा अधिकारी र सल्यान छत्रेश्वरी गाउँपालिकाका २९ बर्षिया तिलक ओलीको मृत्यु भएको छ। मृतक अन्य ४ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।    

सल्यान खलंगाबाट दाङ तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो।  

बस सल्यानको कपुरकोट ५ थारखोला भन्ने स्थानमा दुर्घटनामा परेको सल्यानका प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिए। ३० जना बसमा सवार रहेको र अन्य सबै घाईते भएको पनि उनले जनाए। घाईते मध्य केहिको सल्यानमै उपचार भैरहेको छ भने केहिलाई जिल्ला बाहिर रेफर गरिएको छ। उक्त बसमा तिहार मानेर फर्कँदै गरेकाहरु थिए।  

 

प्रकाशित: २१ कार्तिक २०७८ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App