७ आश्विन २०८१ सोमबार
image/svg+xml

दार्चुला बाढीः उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

बाढीबाट लास्कु क्षेत्रका चार, बाङाबगड क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालयमा पूर्ण क्षति पुगेको छ। अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीर स्थानीयवासी खोज तथा उद्धारमा खटिएका छन्।

रुपन्देहीको सियारीमा भेटेनरी अस्पताल बन्दै

भेटेनरी अस्पताल भवनको शिलान्यास गर्दै गृहमन्त्री बालकृष्ण खाँणले कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि कृषि सम्बन्धी पूर्वाधार निर्माणमा जोड दिनु पर्ने बताए। सियारीमा निर्माण हुने भेटेनरी अस्पतालले पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रश्ताव पेस गरेका थिए।

राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न गृहमन्त्रीको निर्देशन

सरकारले विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताए। मन्त्री खाँणले विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानून अनुसार कोषको रकम खर्च गर्नुपर्ने बताए।

लुम्बिनीमा गृहमन्त्री खाँणको रणनीति: आफूलाई फाइदा, दाङमा क्षति

अस्थायी मुकाम बुटवल तोकिनु ‘दाङ राजधानी’ को एजेण्डाको बलमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी नेता कृष्ण बहादुर महरा र प्रदेशसभामा निर्वाचित शंकर पोख्रेल चुनावी मुद्धा कार्यान्वयन गर्नबाट ‘फेल’ भएको भनेर आलोचना भयो।

गृहमन्त्री खाँणको दबाव लत्याउँदै प्रदेश सरकारले प्रदेशसभा सार्ने

‘प्रदेशसभा चाहिँ चुनाव अगाडि अर्थात यो प्रदेशसभाको अन्तिम बैठक स्थायी राजधानीमै बस्ने गरी सर्छ,’ ती मन्त्रीले भने ‘प्रदेशसभासँगै थप केही मन्त्रालय पनि स्थायी राजधानीमा स्थानान्तरण हुन्छन्।’

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-२ बाट उम्मेदवार सिफारिस

नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो।

केपी ओलीसँग सघन छलफल गरी सहमतिमै सरकारले नागरिकता विधेयक अघि बढाएको होः गृहमन्त्री

‘अहिले पछिल्लो पटक सदन सूचारु भएपछि सरकारले गम्भिरतापूर्वक लिएरै यसलाई अगाडि बढाएको हो। सत्तासिन घटकका सबै नेताहरुसँग पनि सघन छलफल भएको छ। प्रमुख प्रतिपक्ष दलका नेतासँग पनि सघन रुपमा हामीले छलफल गरेकै हो। छलफल गरेर जुन खालको विधेयक आएको थियो, २०७५ मा केपी ओली नेतृत्वको सरकारको बेलामा।'

सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको हो: गृहमन्त्री

राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राष्ट्रपतिको सन्देशका विषयमा भएको छलफलमा उनले कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सरकारले विधेयक अघि बढाएको स्पष्ट पारे।

ठूला आयोजनाको बहुआयामिक उपयोगीतामा ध्यान दिउँः गृहमन्त्री

‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गरीएको लगानीले प्रतिफल दिन सकोस र यसको सञ्चालनमा सरकारलाई थप आर्थिक बोझ नपरोस् भन्नेमा सचेत हुनुपर्छ। राज्यले गरेको लगानीलाई प्रतिफलमा उतार्न यसको बहुआयामिक उपयोगीता बारे ध्यान दिउँ’

'हाम्रा शहरहरु अव्यवस्थित भए, योजनाबद्ध र व्यवस्थित शहर निर्माणमा ध्यान दिउँ'

‘व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक विकास सम्भव छ त्यसैले सरकारले अव्यवस्थित शहरीकरणलाई निरुत्साहित गर्दै व्यवस्थित शहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ’ ‘मुलुकको दुई तिहाई जनसंख्या शहरी क्षेत्रमा छ, त्यसलाई रोक्न सघन सहरी विकास आवश्यक छ’

रुपन्देहीको विकासमा जनताका माग सम्बोधन हुन्छन्ः मन्त्री खाँण

उनले औद्योगिक क्षेत्रको स्वामित्वमा नेपाल सरकारले हस्तान्तरण गरेको जग्गाका कारण त्यस क्षेत्रमा वषौँंदेखि बसोबास गर्दै आएका नागरिक विस्थापित हुने, निर्माण गरिएका भौतिक पूर्वाधार काम नलाग्ने गरी खेर जाने अवस्थासमेत देखिएकाले सानो तर महत्वपूर्ण औद्योगिक क्षेत्र बनाउने बताए।

विप्लव नेकपालाई फकाउँदै सरकार

चुनाव नजिकिँदै गर्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ।

आमाको स्वाभिमानमा चोट पुग्दैन: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले आमाको नामबाट नागरिकता दिने क्रममा गर्नुपर्ने स्वघोषणाले आमाहरूको आत्मसम्मानमा आँच नआउने बताएका छन्।

नेपाली भएर पनि नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न सरकारले 'नागरिकता विधेयक' ल्याउनु परेको हाेः गृहमन्त्री

‘यो नागरिकता विधेयकलाई चाँही हामीले ल्याएको सन्ततिको नागरिकता नभएर हो। यस्तो चाँही लाखौंमा छन्। यिनको समस्या के भो भन्दाखेरी यिनले नेपाली नागरिक हुँदाहुँदै पनि अनागरिकको जीवन जीउनु पर्‍यो। यिनले विश्वविद्यालयमा भर्ना पनि सहजतापूर्वक पाएनन्। अब लोक सेवा आयोग र सरकारी संस्थाहरुमा प्रतिस्पर्धाका लागि फर्म पनि भर्न पाएनन् नागरिकता नभएपछि। अब कुनै बैंकमा खाता खोल्न नागरिकता पनि पाएनन्। एटीम पनि नपाउने भए। मोबाइलको सिमकार्ड पनि किन्न पाएनन्। सामाजिक सेवाका लागि संघ, संस्था दर्ता गर्नका लागि पनि नागरिकता चाहियो।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्