coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री खाँणको दबाव लत्याउँदै प्रदेश सरकारले प्रदेशसभा सार्ने

आफ्नो गृह जिल्ला रुपन्देहीमा रहेको लुम्बिनी प्रदेशको प्रदेशसभा स्थायी राजधानीमा नसार्न गृहमन्त्री बालकृष्ण खाँणले दबाव दिएको भएपनि प्रदेश सरकारले भने चुनाव अगाडि नै प्रदेश सभा सार्ने तयारी गरेको छ। प्रदेश सरकारले यो प्रदेशसभाको अन्तिम बैठक स्थायी राजधानीमै सार्ने तयारी गरिरहेको छ।

‘गृहमन्त्रीले मुख्यमन्त्रीलाई अहिले राजधानी सार्ने निर्णय नलिन र कुनै काम नगर्न भन्नु भएको कुरा साँचो हो,’ प्रदेशका एक मन्त्रीले भने ‘तर चुनाव अगाडि नै प्रदेशसभाको अन्तिम बैठक बस्छ, त्यही अनुरुपको तयारी भैरहेको छ।’ 

तर गृहमन्त्री खाँणले भने तत्काल स्थायी राजधानी नसार्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई दबाव दिएका छन्। स्थायी संरचना तयार नहुँदासम्म राजधानी सार्न नहुने भन्दै गृहमन्त्री खाँणले मुख्यमन्त्री केसीलाई राजधानी सार्ने तयारीबाट पछि हट्न भनेका थिए।

यस्तै मुख्यमन्त्री केसी भने चुनाव अगाडिनै स्थायी राजधानीमा प्रदेशसभाको अन्तिम बैठक बसाल्ने निर्णयमा अडिग देखिएका छन्। ‘गृहमन्त्रीले मुख्यमन्त्रीलाई अहिले राजधानी सार्ने निर्णय नलिन र कुनै काम नगर्न भन्नु भएको कुरा साँचो हो,’ प्रदेशका एक मन्त्रीले भने ‘तर चुनाव अगाडि नै प्रदेशसभाको अन्तिम बैठक बस्छ, त्यही अनुरुपको तयारी भैरहेको छ।’ प्रदेश राजधानीमा प्रदेशसभाको भवन निर्माण भैरहेको छ। भवन निर्माणको काम अन्तिम चरणमा छ।

त्यसोत, यसअघिको शंकर पोख्रेलको नेतृत्वको सरकारले प्रदेशसभा स्थायी राजधानीमा स्थानान्तरण गर्ने भन्ने निर्णय गरेको थियो। वर्तमान सरकारले सोही निर्णयलाई टेकेर प्रदेशसभा सार्ने तयारी थालेको हो। तर चुनावको मुखैमा राजधानी सारिँदा चुनावमा असर पर्ने खतरादेखि गृहमन्त्री खाँड सचेत छन्। आफ्नो गृह जिल्लामा रहेको प्रदेशसभा सारिँदा राजधानी स्थायी राजधानीमै स्थानान्तरण हुने र यसले चुनावमा ठूलो असर पर्ने खाँडले बुझेका छन्।

फलतः उनले अहिले नै प्रदेशसभा सार्न नहुने दबाव दिएको ती मन्त्रीले जानकारी दिए। ‘अहिले प्रदेशसभा सर्यो भने राजधानी पुरै सर्छ भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ,’ प्रदेशका ति मन्त्रीले भने ‘यसो हुँदा आगामी निर्वाचनमा आफूलाई असर पर्ने खतरादेखि उहाँ सजग बन्नु भएको हो।’ गृहमन्त्री खाँण दाङमा राजधानी हुनुहुँदैन भनेर सुरुदेखिनै कठोर बन्दै आएका छन्। अस्थायी मुकाम पनि उनकै भनसुनका आधारमा तत्कालीन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अपायक थलो बुटवलमा अस्थायी मुकाम तोकेको बताइएको थियो।

प्रदेश सरकारका मुख्यमन्त्रीलाई प्रदेश सभा सार्ने निर्णय बाट पछि हट्न भनेपनि गृहमन्त्रीको आग्रहलाई कार्यान्वयन पक्षमा प्रदेश सरकार भने देखिन्न। उसले स्थायी राजधानी कार्यान्वयनको प्रकृयालाई जसरी पनि कार्यान्वयन गर्ने अडान लिएको छ। 

 प्रदेशसभा चाहिँ चुनाव अगाडि अर्थात यो प्रदेशसभाको अन्तिम बैठक स्थायी राजधानीमै बस्ने गरी सर्छ,’ ती मन्त्रीले भने ‘प्रदेशसभासँगै थप केही मन्त्रालय पनि स्थायी राजधानीमा स्थानान्तरण हुन्छन्।’

अहिले स्थायी राजधानीमा स्वास्थ्य मन्त्रालय सरिसकेको छ। यो मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालय पनि केही दिनअघि मात्रै स्थायी राजधानीमा स्थानान्तरण भैसकेको छ।

चुनाव अगाडि प्रदेश सभा सारेर स्थायी राधजानी कार्यान्वयनको कामलाई मूर्त रुप दिन खोजेको प्रदेश सरकारले प्रदेशसभासँगै थप केही मन्त्रालय पनि प्रदेशसभासँगै केही थप मन्त्रालय पनि स्थानान्तरण तयारी गरेको छ। ‘प्रदेशसभा चाहिँ चुनाव अगाडि अर्थात यो प्रदेशसभाको अन्तिम बैठक स्थायी राजधानीमै बस्ने गरी सर्छ,’ ती मन्त्रीले भने ‘प्रदेशसभासँगै थप केही मन्त्रालय पनि स्थायी राजधानीमा स्थानान्तरण हुन्छन्।’

केही दिनअघि प्रदेशसभा भवनको सामान सर्ने क्रममा विवाद भएको थियो। निर्वाचनको मुखैमा राजधानी सार्न थालिएको भन्दै विरोध भएपछि यो प्रदेशको राजधानी मुद्दा फेरी चुनावी एजेण्डा बनेको छ।

प्रकाशित: १६ भाद्र २०७९ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App