८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रश्ताव पेस गरेका थिए। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

प्रकाशित: १७ भाद्र २०७९ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App