८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

ठूला आयोजनाको बहुआयामिक उपयोगीतामा ध्यान दिउँः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले देशका सञ्चालित महत्वपूर्ण र ठूला आयोजनाहरुबाट नेपालका समस्त नागरिकलाइ लाभ पुग्नुपर्छ भन्नेमा सरकार कटिबद्ध र सर्तक रहेको बताएका छन्।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन समारोहलाई आज (शनिबार) बुटवलमा सम्बोधन गर्दै गृहमन्त्री खाँणले राज्यले लगानी गरेका आयोजनाहरु मार्फत अर्थतन्त्रलाई चलाएमान बनाउँदै आम नागरिकले लाभ लिन सक्ने बनाउनु पर्ने बताएका हुन्।

बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई अधिकतम प्रयोगमा ल्याइ  प्रतिफलयुक्त बनाउनु पर्नैमा गृहमन्त्री खाँणले जोड दिए। ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गरीएको लगानीले प्रतिफल दिन सकोस र यसको सञ्चालनमा सरकारलाई थप आर्थिक बोझ नपरोस् भन्नेमा सचेत हुनुपर्छ। राज्यले गरेको लगानीलाई प्रतिफलमा उतार्न यसको बहुआयामिक उपयोगीता बारे ध्यान दिउँ’ गृहमन्त्री खाँणले भने।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाइ भैरहवामा सञ्चालन भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलसँग जोडेर चलाएमान र प्रतिफलयुक्त बनाउन सकिने उनले बताए।  

बुटवलको विकास देशकै विकासको आधारशिला भएको उल्लेख गर्दै गृहमन्त्री खाँणले काठमाडौँसँग दुरी कम गर्दै यात्रालाई सुरक्षित, सहज बनाउन ठाँउ ठाँउमा सुरुङमार्गहरु निर्माणको क्रममा रहेको बताए। दाउन्ने र चितवनको शक्तिखोरदेखि धादिङ मझिमटार सम्म सुरुङ मार्ग निर्माण गरी बेलहियालाई रसूवा संग जोडन लागिएको बताए।

बुटवल–पाल्पा सडकको सिद्धबाबामा सुरुङ मार्गको काम अविलम्ब सुरु हुने बताए। गृहमन्त्री बालकृष्ण खाँणले देशका सञ्चालित महत्वपूर्ण र ठूला आयोजनाहरुबाट नेपालका समस्त नागरिकलाई लाभ पुग्नुपर्छ भन्नेमा सरकार कटिबद्ध र सर्तक रहेको बताएका छन्।

सरकारले सडक सुरक्षाकालागि सुरुङ मार्ग, औधोगिक क्षेत्र स्थापना, विकासे आयोजनाहरुबाट विस्थापित भएकाहरुको दीर्घकालीन समस्या समाधान, भूमिहीन तथा सुकुम्बासी समस्या समाधान लगायतका कामलाइ प्राथमिकताका साथ अगाडि बढाएको बताए।

प्रकाशित: ११ भाद्र २०७९ १६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App