ढाड दुखाइको मनोवैज्ञानिक उपचार
टक थेरापीका भरमा एक दुईजना होइन, दर्जनौँ रोगी पीडामुक्त भएको खबरले ढाड दुख्ने समस्याले सताएका लाखौँ मानिसलाई निश्चय नै उत्साही बनायो ।
टक थेरापीका भरमा एक दुईजना होइन, दर्जनौँ रोगी पीडामुक्त भएको खबरले ढाड दुख्ने समस्याले सताएका लाखौँ मानिसलाई निश्चय नै उत्साही बनायो ।
यहाँको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले ओपन हर्ट सर्जरी (छाती छिरेर गरिने मुटुको शल्यक्रिया) मा सफलता हात पारेको छ। गण्डकी प्रदेशमै पहिलोपटक यो उपचार सफल भएको अस्पतालले बताएको छ।
रोवटियन न्यूरो सर्जरी प्रक्रियामा ‘नेभिगेसन सिस्टम’ले सर्जनहरूलाई ‘थ्रिडी मनिटर’मा ट्युमर कहाँ छ ? कुन नसा कहाँ छ भन्ने कुराको जानकारी दिन्छ। सोही जानकारी अनुसार टाउको तथा मेरुदण्डमा प्वाल पारी ट्युमर निकालिन्छ। यो प्रविधिले बिरामीको रोग कति भागमा फैलिएको छ भन्ने सजिलै जानकारी दिने भएकाले ठूलो शल्यक्रिया गर्नु नपर्ने कलेजको दाबी छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक जना कोरोना संक्रमितको न्युरो सर्जरी भएको छ।
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सर्जरी सेवा सञ्चालनमा ल्याएको छ। खजुरा गाउँपालिका वडा नम्बर ७ मा रहेको उक्त अस्पतालले शुक्रबार औपचारिक रुपमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।
झण्डै दशकअघिसम्म जुम्लामा अञ्चल अस्पताल थियो। त्यो अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी थिएनन्। औषधिको चरम अभाव हुन्थ्यो। अस्पताल पुगेका बिरामी रित्तो हात फर्कन बाध्य हुन्थे। दक्ष चिकित्सकबाट उपचार सेवा पाउँदैनन्।
सुन्दर देखिने चाहना सबैमा हुन्छ । तर, सबैको त्यो चाहना पूरा नहुन सक्छ । आजकाल भने सुन्दर हुन चाहनेका लागि नेपालमै विभिन्न प्रविधि भित्रिएका छन् ।
कुमारी बैंक र हस्पिटल फर एडभान्स्ड एन्ड मेडिसिन सर्जरी (ह्याम्स) बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।
सुन्दर बन्नका लागि गरिने सर्जरी कस्मेटिक सर्जरी हो भने क्यान्सर लगायतका रोग लागेर गरिने सर्जरी रिकन्स्ट्रक्टिभ सर्जरी हो। कस्मेटिक सर्जरी गरेर अनुहार, आँखा, कान, नाक, स्तन मिलाउन सकिन्छ। पछिल्लो समय कस्मेटिक सर्जरी गरेर सुन्दर बन्नेकोे आकर्षण देखिन्छ।
बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ।
अहिले धेरै नेपालीले अनुहार सर्जरी गर्न थालेका छन् । सर्जरी अनुहारको अंग–अंगको हुने गर्छ । आँखा, कान, छाला, नाक आदिको सर्जरी गरेर पूरै अनुहारको सर्जरी गर्ने गरिन्छ ।
स्तनको सर्जरी दुई तरिकाले गरिन्छ । एउटा कस्मेटिक सर्जरी । अर्को हो, रिकन्स्ट्रक्टिभ सर्जरी । सरकारी अस्पतालमा स्तनमा सिलिकन (इम्प्लान्ट) राखेर कस्मेटिक सर्जरी गर्दा करिब एक लाख पचास हजार लाग्छ । स्तनको आकार अनुसार रकम थपघट हुनसक्छ । भारत लगायतका देशबाट सिलिकन ल्याइन्छ । एक जोडी सिलिकनको करिब एक लाख २५ हजार पर्छ ।
शरीरको कुनै पनि अंगको आकारलाई शल्यक्रियाबाट परिवर्तन गर्नु प्लास्टिक सर्जरी हो । यो प्लास्टिक सर्जरी भन्ने शब्द ग्रिकबाट आएको हो । प्लास्टिकलाई पगालेर जुनसुकै आकारप्रकारमा ल्याउन सकिने जस्तै मानिसको शरीरको अंग पनि शल्यक्रियाबाट जुनसुकै आकारप्रकारमा ल्याउन सकिने अवधारणाअनुसार यसलाई प्लास्टिक सर्जरी नामकरण गरिएको हो । प्लास्टिक सर्जरीबाट मानिसले आफ्नो शरीरको मन नपर्ने अंगलाई परिवर्तन गरेर चाहिने आकार ल्याउन सकिने हुन्छ ।
सुन्दरता बढाउन गरिने तथा कतिपय अवस्थामा अनिवार्य हुने ‘कस्मेटिक’ तथा ‘कन्स्ट्रक्टिभ सर्जरी’बारे सही जानकारी पाउन नसक्दा यस्तो सेवा लिन खोज्नेहरू अलमलमा पर्ने गरेको पाइन्छ ।
मुटु रोगको उपचार गराउन राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपन हर्ट सर्जरी सुरु भएको छ। महिनादिनको अवधिमा यहाँ ११ जना मुटु रोगीको सफल शल्यक्रिया भइसकेको छ।