१९ असार २०८१ बुधबार
image/svg+xml

'स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता'

परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय स्वार्थमा आधारित संविधानतः सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता रहने बताएका छन्।

'रूस र युक्रेनबीचको वार्तालाई समर्थन'

चीन परराष्ट्र मन्त्रालयले टर्कीको राजधानी इस्तानबुलमा हिजो भएको रूस र युक्रेनबीचको वार्ताले सकारात्मक उर्जा दिएको बताएको छ।

पर्यटन प्रवद्धर्नमा परराष्ट्र मन्त्रालयको भूमिका के?

परराष्ट्र मन्त्रालयले पर्यटन प्रवद्धर्नमा चाँसो देखाएको छ। विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउने मन्त्रालयको योजना छ। कोरोना भाइरस संक्रमणले थलिएको बेला विदेशस्थित कुटनीतिक नियोग परिचालन गरेर ती मुलुकका पर्यटकलाई नेपाल घुम्न पठाउने गरि पहल थालेको मन्त्रालयले बताएको छ।

युक्रेनमाथि शक्ति प्रयोगको नेपालले गर्‍याे विरोध

संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपालले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न नेपालले रुसलाई आग्रह गरेको छ ।

‘निर्णय सार्वभौम संसद्बाट’

मन्त्रालयले आइतबार अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्टबारेमा मिडियाको जिज्ञासाबारे सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ, ‘विकास सहायताले नेपालको पूर्वाधार निर्माण र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सकिन्छ: सरोकारवाला

सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ।

एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने

एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको छ। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न १०औ अन्तर्राष्ट्रिय महाधिवेशन सन्दर्भमा संघले एक प्रेस विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको हो।

परराष्ट्र मन्त्रालयको अर्को पत्रले एनआरएनए निर्वाचन अनिश्चित

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार अर्को एउटा पत्र पठाएको छ। मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ।

स्थानीय तहबाटै कन्सुलर सेवा विस्तार गरिने

परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ।

काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ।

अफगानिस्तानमा सबै नेपाली सुरक्षित: परराष्ट्र मन्त्रालय

सरकारले अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएको छ। हाल काबुलमा ४२ जना एउटै समूहमा रहेका र उनीहरू सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

संकटमा नेतृत्वविहीन परराष्ट्र

आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फर्काउनुपर्ने दायित्वसँगै सार्कको अध्यक्ष मुलुकका हिसाबले पनि अफगानिस्तान संकटका बारेमा नेपालले रचनात्मक भूमिका खेल्नुपर्ने हुन्छ। तरसरोकारवाला मन्त्रालय नै नेतृत्वविहीन भएका कारण नेपालको भूमिका प्रभावकारी हुन सकेको छैन।

दुई सातादेखि बन्द केरुङ नाका खोल्न आग्रह

नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको भन्दै कूटनीति संवादबाट समाधान गर्न व्यापारीले आग्रह गर्दै आएका छन्। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमा नाका बन्द गरेर असहयोग गर्दै आएको छ।

परराष्ट्र सचिवमा भरत राज पौड्याल

सरकारले भरतराज पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गरेको छ। परराष्ट्र सचिव शंकरदास वैरागी मुख्य सचिवमा नियुक्त भएपछि रिक्त रहेको सचिव पदमा परराष्ट्रका सहसचिव पौड्याल नियुक्त भएका हन्।

निःशुल्क उद्धार निर्देशिका कार्यान्वयनमै अलमल

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार विभिन्न मुलुकबाट घर फर्कनका लागि निवेदन दिनेको संख्या एक लाख ३० हजार सात सय ९८ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्