coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ। शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै काबुलबाट उद्धार भई बिहीबार नयाँदिल्ली आइपुगेका ११ जना नेपाली नागरिकहरू काठमाडौं आउने प्रक्रियामा रहेको जनाएको हाे।

त्यसैगरी मन्त्रालयले काबुलमा रहेका ४२ जना नेपाली नियमित सम्पर्कमा रहेको समेत जानकारी दिएको छ। 'हाल एउटै समूहमा आवद्ध भइरहेका ४२ जना नियमित रुपमा सम्पर्कमा रहनु भएको र उहाँहरु सबै जना सुरक्षित हुनुहुन्छ,' विज्ञप्तिमा भनिएको छ, 'उहाँहरुलाई उद्धार र गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ।’

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली)  प्रयोग गरी नेपाली नागरिकलाई विवरण टिपाउन समेत अनुरोध गरेको छ।

साथै, मन्त्रालयले नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सोको जानकारी फोन नम्बरहरू र WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराई दिनसमेत अनुरोध गरेको छ।

प्रकाशित: ११ भाद्र २०७८ १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App