१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटन प्रवद्धर्नमा परराष्ट्र मन्त्रालयको भूमिका के?

भएको सञ्जाल पनि उपयोग भएनः व्यवसायी

अब सबै नियोग परिचालन गर्छाैः मन्त्रालय

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका विदेशी पर्यटक। फाइल तस्बिरः नागरिक

नेपालमा सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक भित्रिएको सरकारी तथ्यांक छ। विदेशी पर्यटकको आगमन वर्षमा १० लाख नाघेको भन्दै त्यो वर्ष सबैतिर खुसीयाली मनाईयो। त्यो आगमन सन् २०१९ मा बढेर झन्डै १२ लाख पुगेको थियो। तर, त्यसपछि कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र निकै नै ओर्लियो। २०२० मा आगमन खस्केर २ लाख ३० हजारमा खुम्चियो। २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना मात्र विदेशी पर्यटक भित्रिएको सरकारी तथ्यांकले देखाउँछ।  

नेपालमा पर्यटन क्षेत्र फस्टाउन थालेको लामो समय भईसक्यो। सरकारले नै सन् १९६४ देखि नेपालमा भित्रिएका विदेशी पर्यटकको तथ्यांक राख्दै आएको छ। १९६४ मा नेपालमा ९ हजार ५ सय जना विदेशी भित्रिएका थिए। त्यही हिसाबले पनि नेपालमा विदेशी पाहुनाको आगमन हुन थालेको ६ दशक अवधि पार गरिसकेको छ। तर, यो अवधिमा नेपाल भित्रिएका विदेशी पर्यटकको आकार १० लाख कट्न निकै नै बढी समय लाग्यो।  

नेपाल प्राकृतिक रुपमा सुन्दर रहेको र यहाँ साहसिक पर्यटकीय पूर्वाधार पर्याप्त रहेपनि विदेशी पाहुना भने त्यो अनुपातमा भिœयाउन नसक्नुको कारण के हो ? व्यवसायी भन्छन, ‘सरकारी निकायको सहयोग भएन, अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार भएन। पूर्वाधार उत्तिकै कमजोर छन। राजनीतिक घटनाक्रमले बारम्बार पर्यटन क्षेत्र प्रभावित भइरह्यो । सबैतिरको समस्याले विदेशी पर्यटकको आगमन १० लाख कटाउन हम्मेहम्मे भयो।’  

पर्यटन क्षेत्रको यस्तै गुनासोपछि परराष्ट्र मन्त्रालयले आगामि दिनमा पर्यटन क्षेत्र प्रवद्धर्नमा चाँसो देखाएको छ। विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउने मन्त्रालयको योजना छ। कोरोना भाइरस संक्रमणले थलिएको बेला विदेशस्थित कुटनीतिक नियोग परिचालन गरेर ती मुलुकका पर्यटकलाई नेपाल घुम्न पठाउने गरि पहल थालेको मन्त्रालयले बताएको छ। सबैको पहलमा विदेशी पाहुना भिœयाउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने मन्त्रालयका पदाधिकारी बताउँछन्।  

परराष्ट्र मन्त्रालयका आर्थिक कुटनीतिक महाशाखाका सह–सचिव भरतकुमार रेग्मी भन्छन, ‘विदेशी पर्यटक भिœयाउने गरि अब अन्तर्राष्ट्रिय बजारमा नेपाल प्रवद्र्धन गर्न परराष्ट्रको भूमिका हुनेछ।’ तीनदशक अघिदेखि नै आर्थिक कुटनीतिक क्षेत्रमा काम गर्दे आएकोमा अब पर्यटनमा पनि उत्तिकै सक्रिय हुने उनले बताए। उनका अनुसार कतिपय मुलुुकका साना सहरले पनि वर्षमा २५–३० लाख विदेशी पर्यटक पाउँदै गर्दा नेपाल सिंगो मुलुुकले १० लाख आगमन पुु¥याउनुलाई उपलब्धिमुलक मान्न सकिन्न।  

‘२० लाख भन्दा बढी पर्यटक भिœयाउँछौ भनेर लक्ष्य तोक्न पनि सकेनौ। यसमा पूर्वाधारको कमी हो वा प्रचारप्रसार नपुगेर भन्नेमा मन्त्रालय पनि चनाखो र सक्रिय बनेको छ,’ गण्डकी प्रदेशको पर्यटन क्षेत्रको सम्भावनामा विदेशस्थित नेपाली नियोगको भूूमिका बारेको कार्यक्रममा रेग्मीले भने, ‘अब परराष्ट्रका सबैजसो निकाय पर्यटनमा सक्रिय बन्नेछन। त्यसले आगामि दिनमा यो आगमन बढाउन सकिन्छ।’

उनका अनुसार मन्त्रालयका झन्डै ४० वटा विदेशस्थित नियोगमार्फत वर्षमा झन्डै एकसय जति कार्यक्रम हुन्छन। ती मध्ये आधाजति पर्यटन सम्बद्ध छन। तर, नेपालमा विदेशी पाहुनाको आगमन सोचेजति नबढेपछि मन्त्रालय सक्रिय बनेको उनले बताए। यहीवर्ष देखि कुटनीतिक भूमिका मार्फत अर्थतन्त्र बलियो बनाउने गरि छलफल चलाइएको उनले बताए। त्यसका लागि वीरगञ्जका व्यवसायीसँग निर्यात सम्भावना, हेटौंडामा औद्योगिक लगानी र गण्डकीमा पर्यटन क्षेत्रबारे छलफल गरिएको हो।

अहिले व्यवसायीसँग पर्यटन प्रवद्र्धनबारे छलफल गर्ने र आगामि दिनमा ती कार्यक्रम पुरा गर्न सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटिने उनले बताए। ‘विभिन्न मुलुकमा खटिने राजदुत र कर्मचारीलाई नै कुटनीतिक अर्थतन्त्रबारे झक्झकाउनेछौ,’ उनले भने, ‘अब परराष्ट्र मन्त्रालयले पनि पर्यटन प्रवद्र्धनलाई जोड दिनेछ। बजेट र नीति तथा कार्र्यक्रममा पनि समेट्छौ।’

छलफलमा गण्डकी प्रदेशका सचिव रवीलाल पन्थले कतिपय मुलुकले जनसंख्या भन्दा बढी विदेशी पर्यटक भिœयाउँदा नेपालमा भने निकै नै कम संख्यामा आएको बताए। ‘वर्षमा मुस्किलले १० लाख विदेशी पाहुना आएका छन्। तर, कतिपय मुलुकले देशको जनसंख्या भन्दा बढी पाहुना पाएका छन,’ उनले भने, ‘नेपालबारे प्रचारप्रसार नै नभएर यो अवस्था आएको हो।’ आएका पाहुनालाई स्वागत गर्न हामीकहाँ पर्याप्त तयारी भएपनि प्रचारप्रसार नभएको उनले बताए।  

पर्यटन बोर्डका पोखरास्थित निर्देशक काशीराज भण्डारीले पर्यटनका लागि आर्थिक कुटनीनि निकै नै महत्वपूर्ण हुने विभिन्न मुलुकका उच्चस्तरीय पदाधिकारीको नेपाल भ्रमणले देखाएको बताए। केहीमहिना अघि विभिन्न मुलुुकका नेपालस्थित उच्च पदाधिकारीको गण्डकी प्रदेशमा भ्रमण भएको थियो। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ भ्रमण, चीन र बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणले पर्यटन महत्वपूर्ण अर्थ राखेको भण्डारीले बताए  त्यसबाहेक नेपाल र चीनबीच भएको पर्यटन सम्झौताले पनि चिनियाँको आगमन बढाएको उनले बताए।  

चीनले आफ्ना नागरिकलाई घुम्न जाने देशका लागि विशेष अनुमति दिने गरेको छ। चिनियाँको ‘एप्रुभ्ड डेस्टिनेशन स्टाटस (एडिएस)’ मा नेपाल पनि परेको छ। एडिएसमा पर्नु भनेको त्यो मुलुकमा घुम्न जान आफ्ना नागरिकलाई अनुमति दिएसरह हो। न्यून संख्यामा चिनियाँ नागरिक नेपाल भित्रिइरहँदा चीनले सन् २००२ मा नेपाललाई ‘एडिएस’ मा राखेको थियो।  

एडिएस प्राप्त मुलुकमा घुम्नका लागि चीनले नागरिकलाई विशेष प्रोत्साहन दिन्छ। एडिएस नपाएको देशमा घुम्न जान चिनियाँ नागरिक अलि हिच्किचाउँछन्। सन् २००२ मा नेपालले एडिएस पाएपछि मात्र चिनियाँ नागरिकले पर्यटकको रुपमा नेपाल आउन थालेका थिए। सन् २००० अघि चिनियाँ नागरिकलाई पर्यटकको रुपमा नेपाल घुम्ने अनुमति थिएन। सन् २००० अघि ‘अफिसियल’ भ्रमणमा मात्र सिमित चिनियाँ नेपाल आउने गरेका थिए।  

भण्डारीका अनुसार अहिले ३० वटा मुलुकमा राजदुतावास छन। तीनवटा स्थायी नियोग छन। सातवटा महावाणिज्य दुतावास र ४९ वटा अवैतनिक बाणिज्य दुतावास छन। ‘संसारभर सञ्जाल भएपनि पर्यटन क्षेत्रका लागि त्यो सञ्जाल उपयोग नभएकै हो,’ भण्डारीले भने, ‘दुतावास हुनु भनेको त्यो देशको प्रतिनिधि हो। त्यो प्रतिनिधिको उपस्थितिले पर्यटनमा फरक पार्छ,’ भण्डारीले भने, ‘अहिलेसम्म ती नियोगको भूमिका पर्यटन प्रवद्र्धनमा पाँचप्रतिशत पनि छैन।’  

पर्यटन व्यवसायी पनि विदेशस्थित नियोगको भूमिका कमजोर भएको बताउँछन्। ‘परराष्ट्र मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन व्यवसायी सहित सबैजसो सरोकारवाला मिलेर अघि बढ्ने हो भने पर्यटनमा लाभ पुुग्छ,’ अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले भने, ‘तर, त्यो पहल नै भएन।’ दशलाख पर्यटक आगमन एउटा सानो सहरको पनि थोरै संख्या भएको उनले बताए। ‘राजदुत नियुक्ति गर्दा राजनीतिक भागबण्डा गरिन्छ। त्यसले गर्दा राष्ट्रहित हुन सकेको छैन, ती राजदुतले पर्यटनका लागि उपयुक्त भूमिका निभाउन सकेका छैनन,’ उनले भने, ‘व्यक्तिगत र राजनीतिक फाइदा मात्र हेरिन्छ। त्यसले पर्यटन प्रवद्र्धन हुँदैन।’

प्रकाशित: १४ फाल्गुन २०७८ १०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App