६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'रूस र युक्रेनबीचको वार्तालाई समर्थन'

चीन परराष्ट्र मन्त्रालयले टर्कीको राजधानी इस्तानबुलमा हिजो भएको रूस र युक्रेनबीचको वार्ताले सकारात्मक उर्जा दिएको बताएको छ।

मन्त्रालयका प्रवक्ता वाङ वन पिनद्वारा जारी विज्ञप्तिमा दुई मुलुकबीच शान्तिपूर्ण नतिजाका लागि भएको प्रयासको विश्व समुदायले प्रशंसा गरेकोमा जोड दिएका छन्।

सङ्कटको समाधान गर्ने सबभन्दा व्यवहारिक उपाय वार्ता भएको यूक्रेनमा जारी युद्ध तथा विश्वको शान्तिपूर्ण र स्थिरता कायम राख्न संयुक्त, प्रशस्त, सहकार्य र दिगो सुरक्षा हुनुपर्ने अडान चीनले सधैं नै लिइरहने उनले बताए। 

प्रकाशित: १६ चैत्र २०७८ ०५:३५ बुधबार

रूस र युक्रेन चीन परराष्ट्र मन्त्रालय टर्कीको राजधानी इस्तानबुल