१९ असार २०८१ बुधबार
image/svg+xml

रोटरीले रेडक्रसलाई हस्तान्तरण गर्यो ‘रक्त संकलन मोबाइल एम्बुलेन्स’

रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले रोटरी क्लब अफ बुटवलले ल्याएको रक्त संकलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ।

अपाङ्गता भएकालाई लेखा तालिम

नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपाङ्गता भएका व्यक्तिलाई दमौलीमा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ।

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

जिल्लामा भरपर्दो अस्पताल नहुँदा सामान्य रोगका बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ। तर, चाहिएका बेला ती एम्बुलेन्स भने उपलब्ध हुँदैनन्।

रोल्पामा बेपत्ता दिवस

रोल्पामा अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन समेत गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दिवस मनाइएको हो।

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन्।

रेडक्रसको सभापतिमा पुनः संज्याल निर्वाचित

नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको सभापतिमा पुनः बल प्रसाद संज्याल निर्वाचित भएका छन्।

रेडक्रस रौतहटमा नयाँ नेतृत्व

रेडक्रसको रौतहट शाखा सभापतिमा राजकिशोर प्रसाद यादव निर्वाचित भएका छन् । यसैगरी उपसभापतिमा अनिरुद्ध महतो र निलु झा तथा मन्त्रीमा धर्मेन्द्र प्रसाद सिंह निर्वाचित भएका छन्। शाखाको कोषाध्यक्षमा रामअधार राययादव र उपकोषाध्यक्षमा शेष कैमुदिन निर्वाचित भएको शाखाले जनाएको छ।

बाँकेमा रगतको अभाव हट्यो

बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ। जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो।

रगतका लागि पैसा तिनुपर्ने बाध्यता प्रदेशभरि अन्त्य: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिरामीका आफन्तले उपचारका क्रममा आवश्यक रगतका लागि पैसा तिनुपर्ने अवस्थाको अन्त्य भएको बताए।

रेडक्रस ताथली उपशाखाको नयाँ कार्यसमिति चयन

कार्यसमितिको उपसभापतिमा मेनुका थापा, सचिवमा अच्युत केसी र कोषाध्यक्षमा राम खड्का चयन भएका छन्।

थप ४४ लाख डोज खोप आयो

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार नेपालले दोस्रो चरणमा चीनबाट खरिद गरेको ६० लाख डोज खोपमध्ये ४४ लाख डोज शुक्रबार आएको हो। थप खोप आएकाले ४ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ।

विपद र संकटजन्य अवस्थामा सबैले सम्झिने पहिलो संस्था नेपाल रेडक्रस : गृह सचिव पाण्डे

विपद्को अवस्थामा आम मानिसहरु सुरक्षित अवस्थाको खोजीमा निस्कन्छन्, तर सुरक्षाकर्मी र रेडक्रसकर्मीहरु सुरक्षित स्थलबाट मानव जीवनको रक्षाका लागि आगो, बाढी, पहिरोलगायत असुरक्षित र संकटग्रस्त क्षेत्रमा खट्छन्। मानव जीवन र सम्पत्तिको रक्षाका लागि आफ्नो जीवनको असुरक्षा बिर्सिने त्यस्ता मानवतावादीहरुको जीवन स्वयंम्मा तीर्थस्थल हो।

अक्सिजन सिलिण्डर र भेण्टिलेटर सहयोग

अक्सिजन सिलिण्डर १० लि.का पाँचसय थान, ४६ लि.का एकसय थान, १० थान भेण्टिलेटर, एक हजार थान माक्स र अक्सिजन सिलिण्डर तथा भेण्टिलेटरका स्पेयर पार्ट्सहरु रहेका छन्।

रेडक्रस र कोका – कोला फाउन्डेसनको सम्झौता

नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउन्डेसनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकको सुरक्षा बढाउन साझेदारी गरेको छ।

रेडक्रसले दिन थाल्यो फेरि स्वास्थ्य सुरक्षा सामाग्री

कोभिड–१९ को महामारीको संकटमा रहेका बिरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षार्थ नेपाल रेडक्रस सोसाइटीले फेरि स्वास्थ्य सुरक्षा सामाग्री वितरण सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्