२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

विपद र संकटजन्य अवस्थामा सबैले सम्झिने पहिलो संस्था नेपाल रेडक्रस : गृह सचिव पाण्डे

विपद् र संकटजन्य अवस्थामा सबैले सम्झिने पहिलो संस्था नेपाल रेडक्रस भएको गृह सचिव टेकनारायण पाण्डेले बताएका छन्। नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसका अवसरमा लिखित् शुभकामना सन्देश दिँदै गृह सचिव पाण्डेले भने, ‘विपद्को अवस्थामा आम मानिसहरु सुरक्षित अवस्थाको खोजीमा निस्कन्छन्, तर सुरक्षाकर्मी र रेडक्रसकर्मीहरु सुरक्षित स्थलबाट मानव जीवनको रक्षाका लागि आगो, बाढी, पहिरोलगायत असुरक्षित र संकटग्रस्त क्षेत्रमा खट्छन्। मानव जीवन र सम्पत्तिको रक्षाका लागि आफ्नो जीवनको असुरक्षा बिर्सिने त्यस्ता मानवतावादीहरुको जीवन स्वयंम्मा तीर्थस्थल हो।’

२०२० सालभाद्र १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवस सोसाइटीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ। सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले रेडक्रसको झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए।  

कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले रेडक्रसले गर्दै आएका मानवीय सेवाको प्रशंसा गरे। रेडक्रसले चाँडोभन्दा चाँडो बैधानिक दायित्वहरु पूरा गरी रेडक्रस कानुन ल्याउन पहल गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सोसाइटीका अध्यक्ष डा. तिम्सिनाले आगामी असोज १३ र १४ गते विशेष महाधिवेशन गरी विधान परिमार्जन गर्ने र कार्तिक १ र २ गते निर्वाचनसहितको महाधिवेशन गरी यो तदर्थ समितिको जिम्मेवारी पूरा गर्ने बताए।

प्रकाशित: १९ भाद्र २०७८ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App