२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन सिलिण्डर र भेण्टिलेटर सहयोग

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) ले नेपाल रेडक्रस सोसाइटीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ।  नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासंघका नेपाल प्रमुख अजमद उल्लाले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्रप्रसाद  तिम्सिनालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन्।  

हस्तान्तरण गरिएका सामाग्रीहरुमा अक्सिजन सिलिण्डर १० लि.का पाँचसय थान, ४६ लि.का एकसय थान, १० थान भेण्टिलेटर, एक हजार थान माक्स र अक्सिजन सिलिण्डर तथा भेण्टिलेटरका स्पेयर पार्ट्सहरु रहेका छन्। प्राप्त सामाग्रीहरु एक साताभित्रै सबै प्रदेशहरुमा पठाउने नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर तिम्सिनाले बताए। 

प्रकाशित: ९ भाद्र २०७८ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App