१० वैशाख २०८२ बुधबार
image/svg+xml २१:३६ अपराह्न
समाज

रेडक्रसको सभापतिमा पुनः संज्याल निर्वाचित

नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको सभापतिमा पुनः बल प्रसाद संज्याल निर्वाचित भएका छन्। मंगलबार सम्पन्न जिल्ला शाखाको ३५ औँ अधिवेशनबाट संज्याल  तेस्रोपटक पनि सर्वसहमतिमा सभापति निर्वाचित भएका हुन्।  

यसैगरी शाखाको उपसभापतिद्वयमा धर्म बहादुर शाही, कृष्णकला पाण्डे, मन्त्रीमा तपेन्द्र महतारा, कोषाध्यक्षमा कुलमान शाही, उपमन्त्रीमा प्रजापति चौंलागाई, उपकोषाध्यक्षमा दुर्ग बहादुर केसी निर्वाचित भएका छन्।

सदस्यहरुमा अज बहादुर शाही, कालिबहादुर शाही, केशरसिंह बम, मानबहादुर रोकाया, दानबहादुर बम, कृष्ण पाण्डे, दुर्ग बहादुर शाही, सुभद्रा सिंह, गौंरी शाही, रामसरा बोगटी र प्रदिप बिष्ट चयन भएका छन्।

प्रकाशित: १ भाद्र २०७९ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App