१ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘आर्थिक विकासका लागि सहकारीको एकीकरण अपरिहार्य, सरकारले सहुलियत दिने’

सहकारीको गुणात्मक विकासका लागि एकीकरण अपरिहार्य भइसकेको काठमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन्। नेपाल सहकारी पत्रकार समाज(सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘सहकारी एकीकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी एकीकरणका धेरै जटिलता रहेको बताए। सिद्वान्तभन्दा व्यवहारिकरुपमा सहकारी एकीकरण गर्न चुनौती भएको उनीहरुको भनाई थियो।

विप्लवसँग तत्काल वार्ता गर : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेकपाका गतिविधिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले विप्लव नेकपाको क्रियाकलाप नियन्त्रण नभए त्यसले ठूलो असर गर्ने भन्दै वार्ता गर्न सरकारलाई आग्रह गरे।

‘गाई होइन प्रविधि ल्याऊ’

तीनवटा प्रदेश सरकारले १० हजार उन्नत गाई चीनबाट ल्याउन गरेको निर्णयलाई किसानले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन्। प्रदेशमा गाईको स्रोत केन्द्र स्थापना गरेर दूध उत्पादन बढाउने प्रदेश सरकारले तयारी गरिरहँदा विवाद सिर्जना भएको हो।

अमेरिकामा माउन्ट एभरेष्ट नामका दुई सडक

अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नामकरण गरेको छ। नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो। यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित माउन्ट एभरेस्ट डिआर नामकरण गरिसकिएको छ।

'वर्तमान सरकारले बदमासी गरेको छ'

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जताततै बदमासी मात्रै गरेको बताएका छन्। नेपाली कांग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। राज्यका हरेक निकायमा हस्तक्षेप गर्ने र भताभुंग पार्ने काम मात्रै ओली नेतृत्वको सरकारको उपलब्धि भएको देउवाले बताए।

सत्तापक्षका प्रतिपक्षी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि व्यक्त गर्दै सत्तापक्षकै नेताहरू प्रतिपक्षीको भूमिकामा देखिएका छन्। सत्तापक्षका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई यस्तो भूमिकामा देखिएका हुन्।

विप्लव, खुला सीमा र साना हतियार चुनौती

सत्तापक्ष केही नेता र सांसदले राष्ट्रिय अखण्डता र संविधानविपरीत सिके राउतसँग सहमति गरेको भन्दै संघीय सरकारको चर्को आलोचना गरिरहेका बेला गृहमन्त्री रामबहादुर थापाले भने विखण्डनकारी शक्तिलाइ राजनीतिको मूल प्रवाहमा ल्याएर सरकारले ठूलो उपलब्धि हासिल गरेको बताएका छन।

राउतलाई राष्ट्रियसभामा लगिने

सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ । लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेस’ अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउने गोप्य सहमति भएको स्रोतको दाबी छ।

१० वर्ष हेजिङ फण्डको सुविधा, विद्युतदेखि रेलमार्गमा लगानी गर्न सकिने

सरकारले ठूला परियोजनाले १० वर्षसम्म हेजिङ सुविधा उपयोग गर्न पाउने गरी हेजिङ सम्बन्धी नियमावली २०७५ ल्याएको छ।

राउतलाई जनकपुरमा समर्थकको स्वागत

नेपाल सरकारसँग राष्ट्रिय अखण्डताको पक्षमा लिखित सम्झौता गरेको दुई दिनपछि आइतबार जनकपुर आएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त (सिके) राउतलाई उनका समर्थकले भव्य स्वागत गरेका छन्।

‘स्वतन्त्र मधेस’ अस्त्रको व्यवस्थापनले तरंगित राजनीति

झन्डै एक दशक (जेठ ०६९) देखि मधेसको राजनीतिलाई बेग्लै धारमा तरंगित गर्दै आएका डा.सिके राउतको नामले परिचित चन्द्रकान्त (सिके) राउतसँग शुक्रबार सरकारले ११ बुँदे सहमति गरेसँगै राजनीतिक वृत्त तरंगित भएको छ । चिया पसलदेखि आमस्तरसम्मै सिके–सरकारबीचको सहमतिको विषय छलफलको विषय बनेको छ।

सरकारले सामुहिक खेती उत्पादनलाई जोड दिने

राजधानीमा आज देखि सुरु भएको किसान सम्मेलनमा कृषि मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको विकासका लागि सामुहिक खेती उत्पादनमा जोड दिएको वताउनुभएको हो । किसानहरुको हक अधिकारलाई सरकारले महत्व दिएको उल्लेख गर्दै मन्त्री खनालले सामुहिक खेती उत्पादनले मात्र कृषि क्षेत्रको रुपान्तरण गर्न सकिने उल्लेख गर्नुभयो ।

सरकारलाई कांग्रेसको प्रश्न : पानीजहाज नआएसम्म हिलो र धुलोबाट त्रस्त भइराख्नुपर्ने हो?

नेपाली कांग्रेसकी सचेतक एवं सांसद पुष्पा भुसालले हिलो र धुलो व्यवस्थापन गर्न माग गरेकी छिन्। आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै भुसालले हिलो र धुलोबाट नागरिकहरु त्रसित रहेका बेला दुईतिहाइ बहुमतको सरकार मस्तसँग सुतिरहेको आरोप लगाइन।

‘तारा होइन जूनै झारिदिउँला भन्ने कम्युनिस्ट सरकारको जोवन ठट्टैमा जान लाग्यो’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद मीनेन्द्र रिजालले सरकारको एक वर्ष ठट्टामा वितेको टिप्पणी गरेका छन्।  आइतवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले जनताको अभिमत ल्याएर के के न गर्छु भन्दै आएको सरकारको देख्ने आधार केही पनि नरहेको बताए।

कालिकोटका ९ वटै स्थानीय तहमा पुगे बैंक

कर्णालीका दुर्गम जिल्लामा पछिल्लो समय बैंकिङ कारोबार धमाधम संचालन हुन थालेको छ। स्थानीय सरकार संचालन भए पश्चात हाल गाउँका सिंहदराबारमा बैंकिङ कारोबार संचालन हुन थालेको हो। भौगोलिक विकटतासँगै सुरक्षाको दृष्टिकोणले चुनौति देखिएका दुर्गम जिल्लामा एकाएक बैंकिङ सेवा सुरुवात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्