३ आश्विन २०८१ बिहीबार
image/svg+xml

गगन थापाको प्रश्न : के को लागि जनमतसंग्रह, कस्का लागि जनमतसंग्रह?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले जनमत संग्रहबारे संसदमा प्रश्न उठाएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठक बोल्दै सांसद थापाले सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धनबीच नेपालको संविधानको सीमाभित्र मधेस र मधेसीको हक खोज्ने भनी भएको सहमति सकारात्मक भए पनि जनमत संग्रहको विषय गम्भीर भएको बताए।

समर्थन फिर्ता लिएको जानकारी गराउँदै राजपाले माग्यो सरकारको धारणा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी संसदलाई गराएको छ। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक रुपमा जानकारी गराएका हुन्।

१४ करोडका कारगेड बाइक किन्दै सरकार

सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ। प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो। त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन्।

‘ऊ मूलधारको राजनीतिमा आओस् भन्ने परिवारको चाहना थियो’

सीके राउतको राजनीतिलाई सुरुवातबाटै परिवारले स्वीकार गरेको अवस्था थिएन। राजनीतिमा प्रवेश गर्दैगर्दा उसको पारिवारिक जीवन बल्ल सुरु भएको थियो।  अमेरिकाबाट नेपाल फर्किएपछि उसले राजनीति सुरु गर्ने बताउँदा परिवारिक हिसाबमा उसलाई कुनै सहयोग थिएन। हाम्रा पारिवारिक अवस्था पनि खासै राम्रा होइन र उसलाई हामीले दुःख गरेर नै पठाएका थियौ, त्यसैले निश्चिय पनि परिवारले ऊसँग धेरै आशा गरेको थियो।

प्रदेश र स्थानीय सरकारको खिचातनीले विकास ठप्प

कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको दूरी बढ्न थालेको छ। प्रदेश मातहतका योजनामा राजनीतिक खिचातानी भएका कारण जुहारी चल्न थालेको छ।

प्रदेश सरकार मातहतका सडक अलपत्र

नुवाकोट र रसुवामा निर्माणाधीन २९ सडक योजना कुन निकायबाट सञ्चालन गर्ने भन्ने अन्योलमा अलपत्र बनेको छ। सडक विभागमार्फत बहुवर्षीय ठेक्का लागेका तर बजेट विनियोजन प्रदेशअन्तर्गत हुने भनी निर्णय भएका योजना सञ्चालन गर्ने जिम्मेवार निकाय नहुँदा निर्माण रोकिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागले अघिल्ला वर्षमा ठेक्का लगाएर बहुवर्षीय योजनामार्फत बजेट निकासा हुँदै आएका सडक प्रदेश सरकारमार्फत सञ्चालन हुने भएपछि ती सडकको हाल निर्माण कार्य पूर्णरूपमा बन्द भएको नुवाकोटका सडक डिभिजन प्रमुख निरज शाक्यले बताए।

‘सरकार मधेसप्रति गम्भीर’

नेकपा प्रदेश २ अध्यक्ष एवं सांसद प्रभु साहले वर्तमान सरकार तराई मधेसप्रति गम्भीर रहेको बताएका छन्। शनिबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा सम्बोधन गर्ने प्रदेशस्तरीय कार्यक्रमको तयारीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा साहले नेपालकै कम्युनिस्ट आन्दोलनमा रौतहटको अति विशिष्ट भूमिका रहेकाले प्रदेश स्तरको पहिलो आमसभा रौतहटमा गर्न लागिएको बताए।

सिकेको ‘सेफ ल्यान्डिङ’

मधेसका राजनीतिक विश्लेषकले सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले सरकारसँग शुक्रबार गरेको राजनीतिक सहमतिलाई बाध्यात्मक कदमको संज्ञा दिएका छन्। राजनीतिक वस्तुस्थिति मूल्यांकन गरेर राष्ट्र विखण्डनको मुद्दा छाडी राउतले ‘सेफ ल्यान्डिङ’ को बाटो रोजेको ठम्याइ विश्लेषकहरूको छ।

राजपालाई प्रधानमन्त्रीको प्रश्नः अदालतले फैसला गर्ने, चिथोर्ने सरकारलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आवेग र उत्तेजनामा नआउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरेका छन्। कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनाको दोषी ठहर गर्दै जिल्ला अदालतले बुधवार जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ। शुक्रवार राष्ट्रियसभा गृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट संयोजक सीके राउतले हस्ताक्षर गरेका छन्।

सरकारलाई दिएको समर्थन फिर्तासँगै राजपा आन्दोलनको तयारीमा

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्तासँगै फेरि मधेस आन्दोलन चर्काउने तयारी थालेको छ। सरकारलाई दिएको समर्थन उसले र्फिता लिँदैमा अकंगणतीय रूपमा केही फरक पर्दैन। सरकारको पक्षमा अहिले पनि प्रतिनिधिसभाका १ सय ९२ सांसदको समर्थन छ। जबकि, दुईतिहाइ पुग्न १ सय ८४ सांसदको समर्थन भए पुग्छ।

सरकारप्रति दाहाल निराश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीबारे निराशाजनक अभिव्यक्ति दिँदैछन् । पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध मुलुक’को नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति भएका छन् ।

बेलायत सरकारद्वारा भूतपूर्व गोर्खाका लागि ६ अर्बको राहत प्याकेज घोषणा

लामो समयदेखि आन्दोलरत भूतपूर्व गोर्खा सैनिकका लागि बेलायत सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ। लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतले बिहीबार भूतपूर्व गोर्खाका लागि ४६ मिलियन पाउण्ड अर्थात् ६ अर्ब ७० करोड रुपैयाँ बराबरको राहत प्याकेजको घोषणा गरेको हो।

हिमाली गाउँमा रिसोर्टभन्दा भव्य विद्यालय (तस्बिरसहित)

विकट हिमाली गाउँ सेलाङका बालबालिकाले सुविधा सम्पन्न भव्य विद्यालय पाएका छन्। झट्ट हेर्दा ‘रिसोर्ट’ जस्तो देखिने विद्यालय भवनको चिटिक्क कक्षाकोठामा पढ्न पाउँदा उनीहरु दंग छन्।

डा. केसीले सरकारसामु राखे ७ माग

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधाको माग राख्दै १६ पटक अनशन बसिसकेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले विभिन्न सात माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्