१ मंसिर २०८१ शनिबार
image/svg+xml

भारतीय कम्पनी जिएमअारले लगानी जुटाउन सकेन, माथिल्लो कर्णाली अन्यौलमा

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको छ। भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो। परियोजना विकास सम्झौता (पिडिए) भएको तीन वर्ष बित्न लाग्दासमेत परियोजनाको प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन।

कर्णालीका दुःख

मानिसले गर्ने दुःखको कुनै सीमा हँुदैन । कतिपयले जानी–जानी दुःख गरेका हुन्छन् भने कतिपयले चाहिँ नजानेर । ती दुःखबाट कतिले प्रतिफल पाएका छन् त कतिले नपाएका पनि । यस्तै प्रतिफल नपाउने दुःखमा छन् सिङ्गो कर्णालीबासी ।

सुख्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने दहिखोलामा सुख्खा पहिरो गएपछि राजमार्ग तीन दिनदेखि अवरुद्ध बनेको छ।

वनको तगारो हट्यो : अरुण तेस्रो र माथिल्लो कर्णाली निर्माणमा जाने

वन क्षेत्रको जग्गा प्रयोगका विषयमा विवाद समाधान भएपछि अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनालाई निर्माणमा जाने बाटो खुलेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजना विकास सम्झौता (पिडिए) अनुसार नै वन क्षेत्रको जग्गा उपयोग गरेबापत आयोजना प्रवर्द्धकले प्रतिवर्ष प्रतिहेक्टर १५ हजार रुपैयाँ बुझाउने गरी व्यवस्था गर्न वन र भूमिसुधार मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेपछि दुई आयोजना निर्माणमा जानका लागि बाटो खुलेको हो।

बबई र कर्णालीमा पानीको बहाब उच्च, कान्द्राको बाढीले पशुचौपाया मरे

र्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। दुई वटा नदीमा पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।

दर्जनौ पहिरो पन्छाउदै खुल्यो कर्णाली राजमार्ग

अविरल वर्षासंगै गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग तीन दिन पछि खुलेको छ । राजमार्गको कालिकोट खण्डको एसमोडदेखि दैलेख खण्डको दहिखोला सम्मको  दर्जनौ स्थानमा साना तथा ठूला प्रकृतिको पहिरो गएको थियो ।

कर्णाली धार फेर्दै, बस्ती जोखिममा

कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्तीघाटको पुल नजिकै कर्णाली नदीले धार परिवर्तन गर्दा बर्दियाको राजापुर नगरपालिकाका घुम्ना, शंकरपुर, मुक्त कमैया शिविर, भिमापुरलगायतका र कैलालीतर्फको श्रीलंका टापुका बस्ती जोखिममा परेका छन्

सुइना कर्णालीका बदलिँदा कथानक

सुमन मल्लद्वारा लिखित तथा सुनील पोखरेलद्वारा निर्देशित नाटक 'सुइना कर्नालीका' अर्थात् कर्णालीको सपना केही वर्षअघि मञ्चन हुँदा नाटकघरबाट आँखा रसिला पारेर ननिस्कने दर्शक बिरलै थिए। नातिनीको उपचारका लागि गइरहँदा बीचमा बास परेपछि भोकै सुतेका हजुरबाले देखेका थिए– कर्णाली समृृद्धिको सपना।

जुम्लामा 'नागरिकसँग नागरिक': कर्णालीका सम्भावना उजागर गर्न आग्रह

नेपाल रिपब्लिक मिडिया नेटवर्कले मंगलबार जुम्लामा नागरिकसँग नागरिक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतका सरोकारवाला सहभागी थिए।

धूमिल कर्णालीको नयाँ चिनारी

अखबारका पानामा छापिने कर्णालीमा भोकमरी, अभावका समाचार शीर्षकलाई चुनौती दिँदै देवकोटाले कर्णालीमा भोकमरी नभएको जिकिर गरेका छन्। त्यस्तै, जुम्लालाई सुन्दर बनाउने साधनको रूपमा लेखकले स्याउ खेती, विद्युत् उत्पादन, पर्यटनको विकासलाई लिएका छन्।

कर्णालीका डाँडा हिउँमय, जनजीवन प्रभावित

पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम बदली भइरहेका बेला कर्णालीमा पनि यसको प्रभाव परेको छ। कर्णलीका कालिकोटसहित ५ वटै जिल्लामा हिमपात र वर्षासमेत भएको छ। पानी र हिमपातका कारण धेरै चिसो बढेको छ।

कर्णालीमा यो वर्षकै भारी हिमपात

जुम्लामा तेस्रोपटक हिमपात भएको छ। पुस महिनामा सामान्य रुपमा दुईपटक हिउ परेपनि माघ महिनामा सबैभन्दा ठूलो हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्येरातदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ। दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।

कर्णाली करिडोरको तीन मन्त्रीद्वारा आकश्मिक अनुगमन

सरकारका तीन जना मन्त्रीको टोलीले नेपाली सेनाले निर्माण जिम्मा लिएको कर्णाली करिडोरको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। निर्माण अवस्था र कामको गति बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, रक्षा मन्त्री बालकृष्ण खाँड र गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।

चिसोले कर्णालीको जनजीवन प्रभावित

कर्णालीमा दुई दिन अघि परेको हिमपातले गर्दा जनजीवन प्रभावित बन्दै गएको छ। तुसारो असिना पानी र चिसोको सिरेटोले गर्दा स्थानीवासीलाई समस्या उत्पन्न भएको हो। बदलिदो मौसम संगै एकाएक चिसो बढेपछि कालिकोटमा आगो ताप्त दाउराको माग बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्