१ मंसिर २०८१ शनिबार
image/svg+xml

चीनसँग जोडिँदा कर्णालीमा खुसी

चीनसँग जोडिन पाएकोमा कर्णालीमा खुसीयाली छाएको छ। हिल्सा–सिमीकोट सडक आयोजना सुरु भएको १९ वर्षपछि तिब्बत सिमानाको हिल्सामा पुल निर्माणले कर्णालीवासीमा खुसीको सञ्चार गराएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार उक्त पुल उद्घाटनसँगै चीन नाकासँग कर्णाली सडक सम्पर्क भएको हो।

२० किलो चामल’ ले कर्णाली क्रुद्ध

जन्म र मृत्युमा २० किलो चामल निःशुल्क उपलब्ध गराउने सरकारको निर्णयले कर्णालीवासीलाई क्रूद्ध बनाएको छ। कर्णालीलाई चामल दिने सरकारी निर्णय र कर्णालीमा चामलको राजनीति गर्न प्रेरित गर्ने सबै कर्णालीका शत्रु भएको कर्णालीवासीको विश्लेषण छ।

कर्णालीका स्वास्थ्य चौकीमा कुपोषणको उपचार सेवा सुरु हुने

कर्णाली अञ्चलका बालबालिकामा हुने कडा खालको कुपोषणको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीहरुमा स्वास्थ्य मन्त्रालयले बहिरंग सेवा संचालन गर्ने भएको छ।

कर्णालीमा फ्यूल सेन्टर बनाउन पहल गर्छु: मन्त्री थानी

सहकारी तथा गरिबी निबारण मन्त्री हृदयराम थानीले कर्णालीको जुम्लामा फ्यूल सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्। जुम्लामा फ्यूल सेन्टर राख्न सके कर्णालीको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुग्ने उनको भनाइ थियो।

कर्णाली राजमार्गमा असहज यात्रा

जुम्ला- वीर बहादुर विक ना ४ ख १४२६ नम्वर मालवहाक ट्रकका चालक हुन्। हप्तै पिच्छे कर्णालीमा आउजाउ गर्छन्। उनलाई कर्णाली राजमार्गको कालिकोट खण्डको यात्रा निकै कठिन लाग्छ।

जन्म र मृत्यु संस्कार हुँदा कर्णालीमा दिने भनिएको २० केजी चामलप्रति मन्त्रीकै असन्तुष्टी

सुर्खेत- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा दिने भनिएको २० केजी चामलप्रति असन्तुष्टी व्यक्त गरेका छन्।

कर्णाली अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ। कालिकोट फोइमहादेव गाविस–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपमा हाडजोर्नीको प्रत्यारोपण गरिएको चिकित्सकले बताएका छन्।

प्रधानमन्त्री दाहाललाई कर्णालीबाट चामल नासो

जुम्ला- प्रधानमन्त्री पुष्पकमल दाहाललाई कर्णालीका युवाले चामल नासो पठाएका छन्। कर्णालीका पाँच वटै जिल्लावाट प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालयमा २५/२५ केजी चामल पठाएका हुन्।

कर्णाली आन्दोलनका मृतक कुँवरको स्मृति दिवस

संघीय सरंचनामा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा खलंगामा चलेको कर्णाली आन्दोलनका क्रममा ज्यान गुमाउने हरिबहादुर कुँवरको सोमबार जुम्लामा सम्झना गरिएको छ।

कर्णाली आन्दोलनका मृतकलाई सहिद घोषणा गर्न माग

संघीय संरचनामा कर्णाली अञ्चललाई सुदूरश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्न माग गरिएको छ। विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश माग गर्दै आन्दोलनमा होमिएर मृत्युवरण गर्ने ताम्ती गाविस १ का १९ वर्षीय हरिबहादुर कुँवरलाई सहिद घोषणा गर्न माग गरिएको हो। कर्णाली आन्दोलनको एक वर्ष बितेको अवसरमा सरकारसँग यस्तो माग गरिएको हो।

दुई महिनापछि खुल्यो कर्णाली राजमार्ग

अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर अवरुद्ध कर्णाली राजमार्ग दुई महिलापछि खुलेको छ। जुम्ला कोलकोट खण्डको जुविथा– ९ खल्लागाड र राचुली गाविसको खण्डमा पहिरो जादा सडक अवरुद्ध भएको थियो। खल्लागाडको खोला बढेको र राचुलीमा पहिरो जाँदा रोकिएको सडक शुक्रबार साँझदेखि खुलेको हो।

कर्णालीकै लामो जात्रा शुरु

जुम्ला-जुम्लामा शुक्रवार देखि कर्णालीकै ठूलो र लामो जात्रा शुरु भएकोछ। जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिन देखि शुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिने छ।

२५ वर्षपछि नेविसंघमा कर्णालीको प्रतिनिधित्व

कर्णालीले २५ वर्षपछि नेविसंघको केन्द्रमा प्रतिनिधित्व पाएको छ। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनले जुम्लाकी समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वार्वाचित गरेपछि कर्णालीले प्रतिनिधित्व पाएको हो। २५ वर्ष अगाडि सिजाका नर्मजंग हमाल र नेपाली काग्रेसका सभापति स्वर्गीय मानव सेजुलवाल निर्वाचित भएका थिए।

कर्णाली राजमार्ग खुलाउन पहल नभएको भन्दै स्थानीय आक्रोशित

जुम्ला-कर्णाली राजमार्ग वर्षाका कारण अवरुद्ध भएको एक महिना बित्दा समेत सरकारले सडक खुलाउनको लागि पहल नथालेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन्।

कर्णाली राजमार्गको कन्तविजोग

धापा– १ सिजाका प्रेम प्याकुरेल ३० केजीको भारी पिठ्यूँमा बोकेर कर्णाली राजमार्गमा हिड्ँदै थिए। सवारी साधनमार्फत ल्याउनुपर्ने सामान प्याकुरेलल पिठ्यूँमा बोकेको देख्दा कर्णाली राजमार्गको उपयोग कर्णालीवासीले प्रभावकारी रुपमा गन नपाएको महशुस हुन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्