गरे नहुने के रै’छ र? ‘हाम्रो लघुकथा पाठशाला स्मारिका’ मा एक दृष्टि
हाम्रो लघुकथा पाठशालाका कुनै कार्यक्रम सुरु गर्नुअघि हामीले सुन्ने गरेको लघुकथा गानका शब्दहरू र यसबारे लेखिएका दुई लेखले स्मारिकाको महत्ता झन् बढाइदिएका छन्।

हाम्रो लघुकथा पाठशालाका कुनै कार्यक्रम सुरु गर्नुअघि हामीले सुन्ने गरेको लघुकथा गानका शब्दहरू र यसबारे लेखिएका दुई लेखले स्मारिकाको महत्ता झन् बढाइदिएका छन्।
सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूका विरुद्ध भ्रष्ट आचरण नै भ्रष्टाचार हो। भ्रष्टाचार अहिले विश्वको एउटा जटिल समस्याका रूपमा देखिएकाले यसलाई निर्मूल गर्न निरन्तर लागिपरेका छन् सबै। आर्थिक, नैतिक, सामाजिक र नीतिगत भ्रष्टाचारका स्वरूप हुन्। देशमा यसरी क्रमबद्धरूपमा भ्रष्टाचार हुँदै गयो भने देशको अर्थतन्त्र ओरालो लागी समृद्ध देश बनाउने अर्थतन्त्रको आधारशीलामा नै प्रहार हुन पुग्छ। भएको पनि छ। नेपालमा भ्रष्टाचारविरुद्धको संवैधानिक निकायका रूपमा काम गर्ने भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो। यसले भ्रष्टाचारविरुद्ध संवैधानिक निकायको रूपमा काम गरिरहे तापनि पछिल्लो समयम नियतमा खोट भएका केही भ्रष्ट कर्मचारीले गर्दा सिङ्गो अख्तियार नै भ्रष्टाचारमा मुछिएजस्तो देखिएको छ।
असोज, २०७२ मा नेपालको संविधान जारी भएसँगै संविधानको अनुसूची ४ बमोजिम देश ७ प्रदेशमा विभाजित छ। प्रदेशहरूको नामाकरण संविधानको धारा २९५ (ख) बमोजिम सम्बन्धित प्रदेशको संसद्को दुईतिहाइले गर्ने प्रावधान छ। सोहीअनुसार संघीय शासन प्रणालीको कान्छो ६ नम्बर प्रदेशको १२ फागुन २०७४ का दिन प्रदेशको नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर प्रदेशसभाको बैंठकबाट सर्वसम्मतरूपमा तय भयो। कर्णाली प्रदेशको सिको गर्दै २२ असार २०७५ का दिन बसेको ४ नं. प्रदेशको प्रदेशसभाले दुईतिहाइ बहुमतका आधारमा प्रदेशको नाम गण्डकी प्रदेश राख्ने निर्णय ग¥यो। जसअनुसार गण्डकी प्रदेशको स्थायी राजधानी पोखरा तोकिएको छ।
नेपाली सेनाले गएको सोमबार सेना दिवस मनायो। महाशिवरात्रि तथा सेना दिवसमा प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प प्रदर्शनमा पूर्णबहादुर भण्डारी घाइते भए। सेनाले प्राविधिक कारणले दुर्घटना हुन गएको बतायो। घटना सामान्य देखिए पनि प्रमुख अंगरक्षक मानिने नेपाली सेना अझै आधुनिकीकरण भएको छैन भन्ने कुरा देखाइदिएको छ यसले। दिवसकै दिन नेपाली सेना घाइते हुनु भनेको सेनाको आफ्नै कमजोरी हो।
कर्णाली आफैँमा एक पीडादायी शब्द हो। यो शब्दमै वेदना छ र हृदयस्पर्शी भाव छ। यो शब्द सुन्ने नागरिकलाई यति पीडा हुन्छ भने कर्णालीको पीडा भोग्नेलाई कति पीडा होला? मानव इतिहासदेखि एक्काइसौँं शताब्दीसम्म आइपुग्दा मानिस चन्द्रमामा बस्ती बसाल्न लागिरहेका छन् तर कर्णालीका नागरिकले अहिलेसम्म सरकार भएको अनुभूतिसमेत गर्न पाएका छैनन्।
प्रेम हाँसो र आँसुसँग खेल्छ । जीवनका सबैथोक प्रेमको अङ्गालोभित्र आउँछन् । जीवनका प्रत्येक कदमसँगै सबै क्षेत्रमा यसले प्रभाव पार्छ । त्यसैले प्रेमलाई हामी सबैले जान्नु र अध्ययन गर्ने गर्नुपर्छ । प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि कमी छैन । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको रङ्गमा रंगिने गरेका छन्।
हिन्दु धर्मावलम्वीको सबैभन्दा महान् चाड दसैँ हो भन्नेमा दुई मत छैन । लोक कथाअनुसार त्रेत्रायुमा रामले आफ्नी श्रीमती सीतालाई रावणले हरण गरेपछि लंकामा लडाईँ गरी रावणलाई समाप्त गरी हरण भएकी श्रीमती फेरि आफूले ल्याउन सफल भएकाले अर्थात विजय प्राप्त गरेकाले अयोध्याबासीले यो विजयलाई उल्लासका साथ मनाएका थिए
मानिसले गर्ने दुःखको कुनै सीमा हँुदैन । कतिपयले जानी–जानी दुःख गरेका हुन्छन् भने कतिपयले चाहिँ नजानेर । ती दुःखबाट कतिले प्रतिफल पाएका छन् त कतिले नपाएका पनि । यस्तै प्रतिफल नपाउने दुःखमा छन् सिङ्गो कर्णालीबासी ।
