६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रजातन्त्र स्थापनासँगै परिवर्तनको मार्ग प्रशस्त गरेको हो: सभापति देउवा

सभापति देउवाले २००७ साल कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन एक सय चार वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना भएको बताएका छन्।

उपेन्द्र यादव र रामचन्द्र पौडेलबीच भेटवार्ता

भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए।

ग्यास विस्फोटमा घाइते भएका चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी

घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद् डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार थप उपचारको लागि आवश्यक परे भारत लैजानेबारे चिकित्सकहरुसँग परामर्श गरिँदै छ।

राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएका हौँ: डा.महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्।

नागरिकलाई दुःख दिने परम्परा र शैली बदलौँ: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गरेका छन्।

माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता साझेदार दलहरूबीच बढ्दै गएको अविश्वास र तिक्ततासँगै कांग्रेस नेताहरू नयाँ राष्ट्रपति आफ्नै पार्टीको बन्नेमा आशावादी देखिएका हुन्।

सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा

प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ गर्न सुरक्षा परिषद् बैठक बोलाएका थिए।

तदर्थवादमा चल्दै कांग्रेस

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्न असार २७ देखि साउन २ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको बैठक बसेको थियो। यसबीचमा मुलुकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएर नयाँ सरकार गठन भइसकेको छ।

कांग्रेस सरकारमा जाँदैनः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्।

कांग्रेसले अस्थिरता ल्याउन खोज्यो: ओली

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्।

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले माओवादीकी अर्याललाई समर्थन गर्ने

आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

काँग्रेस नेता उमेश श्रेष्ठ स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाँदै

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खाली रहेको छ।

लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छः महामन्त्री थापा

बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताए।

नेपाली काँग्रेस लुम्बिनीमा २१ विभाग गठन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका २१ वटा विभाग गठन गरेको छ। पार्टीको विधान बामोजिम प्रदेशमा विभिन्न २१ वटा विभागका प्रमुख मनोनयन गरेको प्रदेश सभापती अमरसिंह पुनले बताए।

सन्दीप प्रकरणमा काँग्रेस महामन्त्रीकाे टिप्पणीः प्रधानमन्त्रीको मौनता जिम्मेवार जवाफ हुन्न

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पनि यस्तो जिज्ञासा राखेका छन्, ‘खेलकुद मन्त्री प्रधानमन्त्री नै हुनुन्छ। ध्यानाकर्षण गराउँदछु – कि सहि भएको छ, बधाई दिनोस्, कि ‘यो प्रकरणमा पनि’ अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्।’ उनले प्रधानमन्त्रीको मौनता जिम्मेवार जवाफ हुन्न भन्दै टिप्पणी पनि गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्