७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

नागरिकलाई दुःख दिने परम्परा र शैली बदलौँ: महामन्त्री गगन थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गरेका छन्। उनले राष्ट्रपति र अरु विशिष्ट व्यक्तिको सवारीका बेला नागरिकलाई असुविधा पुर्‍याउन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्।

उनले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनका लागि सडक खाली गराएर नागरिकलाई घन्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास परम्पराको नाममा चलिरहेको भन्दै शैली बदल्नुपर्ने बताएका छन्।

शनिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्,  ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।’

राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको भन्दै महामन्त्री थापाले यसो हुनुमा तामझाम शैली पनि एक भएको बताए। ‘संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ उनले भनेका छन्।

शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको भन्दै दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनुपर्ने बताएका हुन्।  

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा फुटपाथमा हिँडिरहेका ट्रमा सेन्टरका डाक्टरलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो। 

प्रकाशित: २८ माघ २०७९ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App