२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले माओवादीकी अर्याललाई समर्थन गर्ने

फाइल तस्बिर।

राष्ट्रियसभा उपाध्यक्षका लागि नेकपा माओवादीको उम्मेदवारविरुद्ध नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ।

आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णयमा पुगिएको लेखकले बताए।

राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रबाट उर्मिला अर्याललाई उम्मेदवार बनाउने सत्ता गठबन्धनको तयारी छ। विपक्षी दलहरूले उम्मेदवारी नदिएको खण्डमा अर्याल निर्विरोध चयन हुनेछिन्।

प्रकाशित: २२ माघ २०७९ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App