कैलाली- ५ मा सर्वदलीय बैठक सुरु
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु गर्न सर्वदलीय बैठक सुरु भएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु गर्न सर्वदलीय बैठक सुरु भएको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा दुवै क्षेत्रमा मत खस्ने दर मध्यम देखिएको छ। दैलेख-१ मा ८१ हजार २ सय ८७ मतदाता संख्या रहेकोमा ५०.५२ प्रतिशत अर्थात् ४१ हजार ६९ मत खसेको छ भने ८१ हजार ५ सय ३ मतदाता संख्या रहेको दैलेख-२ मा ४८.२४ प्रतिशत अर्थात् ३९ हजार ३ सय २१ मत खसेको छ।
प्रदेशभर कुल १० लाख ४८ हजार १३८ मतदाता रहेका थिए। तीमध्ये ५ लाख ७७ हजार ५४२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
मोरङ क्षेत्र नम्बर ४ मा बिहीबार राति ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेपनि अझै सुरु हुन सकेको छैन।
निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार सर्वदलीय बैठक सम्पन्न भएलगत्तै गणना कार्य अघि बढाइएको हो। काठमाडौं-१० को मतगणना दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट सुरु गरिएको छ।
काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ।
काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ ।
मुम्बईको वानखेडे स्टेडियममा बिहीबार राति भएको ५ सय रनको थ्रिलर म्याचमा साविक विजेता इंग्ल्याण्डलाई ७ रनले पराजित गर्दै भारतले उपाधि भिडन्त पक्का गरेको हो।
सर्वदलीय बैठकपछि केहीबेरअघि मतगणना सुरु भएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।
ललितपुर क्षेत्र नम्बर-१ मा बिहीबार राति साढे ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
घटनाबारे जानकारी पाएपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको निर्देशनमा सडक डिभिजन कार्यालय जुम्लाले तत्काल डोजर परिचालन गरेको थियो।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पनि आजैदेखि सुरु हुने भएको छ।
निर्वाचन आयोगले बिहीबार सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। यो भनेको २०४८ साल यता सबैभन्दा कमजोर मतदान प्रतिशत हो।
सर्वदलीय बैठकले आजै रातिदेखि मतगणना सुरु गर्ने निर्णय भएको काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काले जानकारी दिए।
चारवटै निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ९० हजार ४४५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।