६ आश्विन २०८१ आइतबार
image/svg+xml

जुम्ला-जाजरकोट नाकामा कडाइ गर्न माग

पछिल्लो समय सुर्खेत छिन्छु हुदैँ जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाकामा कडाइ गर्न माग गरेका हुन्।

पैँचो र सहयोगले चल्दैछ दैनिकी

भेरी नगरपालिका–१ कालेगाउँकी धनकुमारी कामीलाई दैनिक विहान बेलुकी कसरी छाक टार्ने भन्दै चिन्ताले सताइरहेको थियो।

जाजरकोटमा भेटियो नयाँ जातको गिद्ध

विश्वका दुर्लभ जनावर तथा चराहरुको वासस्थान मानिएको जाजरकोटमा फेरी अर्काे चराको जात भेटिएको छ। विश्वबाटै लोप हुन लागेका गिद्धहरुको उर्वर भूमि जाजरकोटमा नयाँ जात भेटिएको हो। समुंद्र सतहदेखि एक हजार सात सय मिटरको उचाइ रहेको जिल्लाको वारेकोट गाउँपालिका वडा नम्वर-१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो।

मोडेलिङमा जम्दै जाजरकोटका अभि

हेन्डसम मोडेल भनेर परिचय बनाउदै गएका जाजरकोटका अभि सुनारलाई मोडेलिङबाटै आफ्नो जन्मस्थल जाजरकोट चिनाउने ठूलो धोको छ। पेसाले स्वास्थ्य सहायक अर्थात एचए पढेर काठमाडौंको जोरपाटीमा मेडिकल व्यवसाय गरिरहेका अभिले बढी ध्यान भने कलाकारीता अर्थात मोडेलिङतिर दिइरहेका छन्।

औषधि र सेवा नहुँदा जाजरकोट अस्पतालमा आउनै छोडे बिरामी

अत्यावश्यक औषधि र सेवा नहुँदा ५० शैयाको जाजरकोट अस्पतालमा बिरामीहरु आउन छोडेका छन्। सरकारले चार वर्षअघि १५ सैयाबाट ५० शैयामा स्तरोन्नति गरेको जाजरकोट अस्पतालमा औषधि र उपचार दुवै नपाइने भएपछि बिरामी आउनै छोडेका हुन्।

आफैँ बिरामी भएको जाजरकोट अस्पतालको उपचार कहिले ?

केहि समयअघि सुदूरपश्चिबाट जाजरकोटमा पढ्न आएकी एक छात्रा पेट दुखेर उपचारका लागि साथीहरुको सहयोगमा जाजरकोट अस्पतालमा गइन्। अस्पतालमा उनको उपचार हुने त परै जाओस् उनलाई के भएको भनेर बिरामी पहिचान गर्ने काम समेत भएन।

सुरिलो स्वर गुन्जाउदै जाजरकोटकी प्रेमकला

जाजरकोटको भेरी नगरपालिका वडा नम्वर २ डिंगाकी प्रेमकला पुनः कुनै चर्चित गायिका होइनन् अनि स्थापित गायिका पनि होइनन् तर उनको स्वर सुन्ने जो कोहिले पनि उनलाई अब्बल गायिकाको संज्ञा दिन बेर लगाउदैनन्।

पर्यटक पर्खदै जाजरकोटका पर्यटकीय क्षेत्रहरु

देशै भर भव्य रुपमा नेपाल भ्रमण वर्ष २०२०को चर्चा चलिरहेको बेला जाजरकोटमा पनि पर्यटक तान्ने कसरत सुरु भएको छ। भेरी नदीको किनारै किनार भएर यसको नागबेली चाल हेरेर गाडीमा रमाउदै जाजरकोट पुग्ने पर्यटकहरुलाई जाजरकोटको सुन्दरता देखाउन सरोकारवालाहरु तम्सिएका हुन्।

हाकाहाकी सर्वसाधारण लुट्दै जाजरकोटका लघुवित्तहरु

भेरी नगरपालिका ३ पुराना साझाकी सुन्तली थापा निर्धन लघुवित्त सँस्थाकी समूह सदस्य छन्। उनी लघुवित्तको समूहमा बस्न चहान्नन्।

एकसय पन्ध्र परिवारका लागि एउटै धारा

त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो। स्थानीय सिमखोलाको पानी खाइ रहेका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित बनेका छन्। स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पानीको लागि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लागिसकेको छ।

टेलिफोन टावर बनाउन भारतीय कम्पनीलाई अल्टिमेटम, ६ महिनाको काम २ वर्षसम्म गरेन

जाजरकोटमा नेपाल टेलिकमका ६ वटा टेलिफोन टावर बनाउन जिम्मा लिएको एक भारतीय कम्पनीलाई यहाँका सरोकारवालाहरुले पुस मसान्तभित्र काम सक्न अल्टिमेटम दिएका छन्।

फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता

जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन। तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो। आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनले दैनिक कोठाना जाने गरेको बताए।

गाउँपालिकाभरि सडक पहुँच

शिवालय गाउँपालिकाले दुई वर्षमा सबै वडामा सडक निर्माण गरेको छ। आन्तरिक सबै सडक निर्माणसँगै यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो।

करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ।

नेकपाका केन्द्रीय नेतामाथि विप्लव समूहको आक्रमण

सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य  डम्बरबहादुर सिंहमाथि बुधवार विहान आक्रमण भएको छ। जिल्लाको वारेकोट गाउँपालिकामा पार्टीको कार्यक्रममा जाँदै गरेको अवस्थामा बीच बाटोमा उनीहरुमाथि आक्रमण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्