६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

सुरिलो स्वर गुन्जाउदै जाजरकोटकी प्रेमकला

रमाइलो मेलामा गीत गाउदै गायिका प्रेमकला पुन। तस्बिरः जनक/नागरिक

जाजरकोट- जाजरकोटको भेरी नगरपालिका वडा नम्वर २ डिंगाकी प्रेमकला पुनः कुनै चर्चित गायिका होइनन् अनि स्थापित गायिका पनि होइनन् तर उनको स्वर सुन्ने जो कोहिले पनि उनलाई अब्बल गायिकाको संज्ञा दिन बेर लगाउदैनन्।

निकै सुरिलो अनि कर्ण प्रिय स्वर भएकी प्रेमकलाले गीत गाउँदा ननाच्ने र नरमाउने पनि कमै हुन्छन्। काठमाडौंको दोहोरी साँझमा गीत गाउदै विभिन्न स्टेजहरुमा आफ्नो स्वर गुन्जाउदै गायन यात्रा अघि वढाइरहेकी जाजरकोटकी पुर्णकलाले केहि गीतीलोकगीत गाएरै नेपाली सांगितिक क्षेत्रमा नम्वर वान अर्थात सफल गायिका हुने ठूलो धोको छ।

जिल्ला सदरमुकाम खलंगाको थाप्लेचौरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा पढ्दादेखि नै  गीत प्रतियोगितामा भाग लिएर पुरस्कार जित्ने गरेकी पुन आफ्नो सारा जीवन गायनमै बिताउने बताउँछिन्। चर्चित गायिका विमाकुमारी दुराको स्वरसँग मिल्दो ढंगले गीत गाउने  पुन जस्तोसुकै ताल र लयमा  गीत गाउन  सक्ने बताउँछिन्। गायनको क्षेत्रमा निकै सक्रियता देखाउन रुचाउने पुन सफल गायिका बन्ने ठूलो धोको छ।

मिडियाहरुको साथ पाएमा आफूले आफ्नो स्वर र कलालाई गीतसंगीतका लाखौं पारखीहरुसम्म सफल रुपमा पुग्ने पुनको बिस्वास छ।
 

प्रकाशित: १९ पुस २०७६ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App