६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पैँचो र सहयोगले चल्दैछ दैनिकी

जाजरकोट - भेरी नगरपालिका–१ कालेगाउँकी धनकुमारी कामीलाई दैनिक विहान बेलुकी कसरी छाक टार्ने भन्दै चिन्ताले सताइरहेको थियो। कामीको घरमा भएको अन्न सकिएपछि उनले छिमेकीसँग पैँचो मागेर गुजारा चलाइरहेका थिए।

आइतबार दिउँसो उनको घरमा ३० केजी चामलसहित तेल र दाल लिएर स्थानीय सहदेव बस्नेत र वडा अध्यक्ष दीपक राना पुगे। यसरी घरमै सहयोग मिलेपछि धनकुमारी खुशी नहुने कुरै भएन। धनकुमारीले सहयोगदाताको जय जयकार गरे। अब उनलाई पैँचो तिर्न पनि पुग्ने सामल भयो। अध्यक्ष रानाले व्यक्तिगत पहलमा सो सहयोग गरेका हुन। खहरेखोलाकी सुशीला सुनारले पनि ३० केजीको चामल पाएपछि दैनिकी चल्ने आशा पलाएको बताइन।

कोरोना रोकथामका लागि लकडाउन जारी भएकाले उनीहरुले मजदुरी गर्न पाएका थिए। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको वडा रहेको सो वडाका स्थानीयवासीले समस्या पर्दा अरुलाई समेटेर भाइचारको सम्बन्ध बलियो बनाएर लैजानुपर्छ भन्ने सन्देश दिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। उनले स्थानीयवासीले संसार जित्न सकिन्छ भन्ने सन्देश दिएको जनाए। रासस

प्रकाशित: १ वैशाख २०७७ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App