सपना पूरा गर्दै ‘अटो लोन’
सरकारले यस वर्षदेखि सवारी साधन किन्ने सर्वसाधारणलाई केही सुविधा थपिदिएको छ । सरकारको मौद्रिक नीति सार्वजनिक गर्ने नेपाल राष्ट्र बैंकले यसवर्ष ल्याएको नीतिअनुसार निजी प्रयोजनका सवारी साधन खरिद गर्दा ६५ प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने व्यवस्था छ ।