१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

सुटले निम्त्याएको असहजता

उसको आफ्नाे सुट नभएकोमा बेलाबेलामा ऊ अपमानित भएको थियो । यसबाट उसमा हीनभाव बढेको थियो । ऊ कल्पना गर्थ्याे, ‘मेरो पनि एकजोर गतिलो सुट भएको भए !’

तर उसको सुट हुँदैन थियो । थिँदै थिएन । आफू सुटटाईमा सुटेड भएको कल्पना गथ्र्यो । जब वास्तविक दुनियाँमा फर्कन्थ्र्यो, उसको कल्पनाको सुटले धोका दिन्थ्यो । ऊ आत्मग्लानीले पानीपानी हुन्थ्यो । आफ्नो अस्तित्व खिइएको महसुुुस गथ्र्यो । 

वर्षदिनयता ऊ झनै सुट यातनाले प्रताडित भएको थियो । उसको तनमन सुटमै थियो । अरूले भन्नुभन्दा पनि आफ्नो सुट नभएको अवस्थाले उसको मर्ममा चोट पारेको थियो । 

उसले सयौंपल्ट सुटको आवश्यकता बोध ग-यो तर उसको सुट किन्ने हैसियत भएन । हुनेहरू सुटटाईमा फिट भएर हिँडेको देख्दा ऊ आफ्नाे अन्तर्मनमा एउटा कोलाज उताथ्र्यो । कोलाजमा ऊ हुन्थ्यो र उसको शरीरमा दामी सुट । छिनभरमै उसको कोलाजचित्र च्यातिन्थ्यो र आफूलाई सर्वाङ्ग नाङ्गै भएको तीतो अनुभव गथ्र्यो । 

एकदिन बिहानै ऊ तरकारी किन्न चोकमा निस्कियो । शरीरमा जाडो छल्ने सामान्य खालको ट्रयाकसुट भिरेको थियो । खुट्टामा हात्तीछाप चप्पल प्याटप्याट । ऊनीको टोपीले कान छोपेको थियो । 

सडकको पल्लोपट्टि उसले देख्यो– धेरै मान्छेहरू सुटटाईमा सजिएर हिँडिरहेका थिए । ब्यान्डबाजाको कर्कश धुन बजिरहेको थियो । बिहे रहेछ । सुटटाईको हुलमा एउटा अत्यन्तै दामी सुटटाई देख्यो । त्यो लाउने बेहुलो रहेछ । 

उसले सोच्यो, ‘मेरो बिहे पनि यसरी नै भएको भए ! त्यो सुटलाई आजसम्म जतन गरी राखेको हुने थिएँ । भोजभतेर, बिहेबटुलमा लाउने थिएँ । के गर्नु, आफ्नो बिहे दौरासुरुवालले टरिगो ।’ 

ऊ सुटआतङ्कले थिलथिलो भयो । 

जन्तीको लर्को तरकारी बजारकै चोक भएर आयो । बेहुलोलाई नियालेर हे-यो । माइलाससुराको छोरो रहेछ बेहुलो । एक दुईजना अरू मानिसलाई पनि चिन्यो । 

कसैले भन्यो, ‘हैन, तपाईं जन्त जानुपर्ने मान्छे, कता नि ?’ 

बेहुलो उसको नजिक आयो । भन्यो, ‘भिनाजु दर्शन गरेँ । निम्तो कार्ड पठाएको थिएँ । दिदी पनि आउनुभएन । के माया नै मार्नुभएको तपाईंले ? कार्ड हात नपरेको भए पनि जाऊँ जन्त । बाटोमा भेटेर भन्यो नभन्नुहोला । प्रेसले कार्ड ढिलो दियो । अस्ति पठाएको थिएँ, पाउनुभएन ?’

‘भुत्रो पठाइस् कार्ड । मसँग सुट भएको भए पो कार्ड पठाउँथिस् । यस्तै हो गरिबलाई कस्ले वास्ता गर्छ र !’ उसले भन्न खोजेको जवाफलाई आफूभित्रै लुकायो ।  

ऊ बोलेन । बेहुलो फेरि बोल्यो, ‘भिनाजु, माइन्ड नगर्नु होला । कार्ड आउँदै गर्छ । मान्छे नै भेटेपछि किन कार्ड चाहियो ! जानुस्, लुगा फेरेर आउनुस् ।’ 

केही बोल्नै पर्ने भयो । भन्यो, ‘बाबु, बिहेको कुरा थाहा पाइएन । स्कुलमा परीक्षा चलिरा’छ । फेरि आज भने मेरै पेपर छ । म जान भ्याउँदिनँ होला ।’ 

बेहुलो बोल्यो, ‘ठिकै छ भिनाजु, त्यस्तो छ भने कर गर्ने कुरा भएन । भरे दिदीलाई चाहिँ उता पठाइदिनुहोला । धन्दा गर्ने मान्छे छैनन् ।’ 

उसले औपचारिक उत्तर दियो, ‘म कोसिस गरूँला । शुभयात्रा है !’ 

उसले बोलेको यति हो । उसको मन बेसरी फाट्यो । पहिले पनि फाटेको थियो तर यसपटक झन् नजोडिने गरी फाट्योे । 

बिहे अघि बढ्यो । उसले एकछाक तरकारी किन्यो । फर्कियो । सोच्यो, ‘यो सब सुटकै कारणले हो । पोहोरसाल यिनै माइला ससुराको नातिनीको पास्नी थियो । म सामान्य सर्टपाइन्टमा गएको थिएँ । मेरो लवाइ देखेर माइला ससुरा कुर्लेछन् । ‘हाम्रोसमेत इज्जत फालिदिए’ भनेछन् । ठिकै छ, इज्जतको सुटकेस बोकेर हिँड्नेहरूसँग बेइज्जतको पोको बोक्नेको गाढा सम्बन्ध हुनुपर्छ भन्ने छैन । यिनीहरू हुनेखाने भए भन्दैमा सबैको आर्थिक हैसियत एउटै हुन्छ र ! मैले सुट नलाए उनीहरूको इज्जत जाने !’

उसले झनै गहिरो कुरा सोच्यो, ‘सुट भिर्नेहरूको शरीर र मेरो शरीर उस्तै होइन र ! सुट खोलेर नाङ्गिनु र सर्टपाइन्ट खोलेर नाङ्गिनुमा के फरक छ ? शरीरका देखाउन हुने र नहुने अङ्ग उस्तै होइनन् सबैका !’

ऊ छिटोछिटो डेरा फर्कियो । तरकारी लगेर पकाइकन छोराछोरी स्कुल पठाउनु छ उसलाई । आपूm पनि स्कुल जानु छ । परीक्षा छ । श्रीमतीलाई पनि औषधि फ्याक्ट्रीमा काम गर्न जानु छ । 

......

ऊ अर्थात् एक सामुदायिक विद्यालयको प्राथमिकस्तरको शिक्षक । तलबबाहेक दायाँबायाँ कतै अतिरिक्त अर्थ लाभ नहुने जागिर । ऊ मरितरी काठमाडौंमा बाँचेको छ । भनौँ, उसले काठमाडौंलाई बचाएको छ । छोराछोरीलाई आफैं पढाउने स्कुलमा पढाएको छ । श्रीमती रञ्जना पुरानो आयुर्वेदिक औषधि फ्याक्ट्रीमा काम गर्छिन् । श्रीमतीको तलबले तरकारी किन्न पुगनपुग हुन्छ । 

नगई नहुने ठाउँबाट उसलाई निम्तोपत्र आयो । अन्त भए टार्दा हुने तर आफ्नै कान्छी सालीको बिहे । खान्दानी परिवारलाई दिएछन् । ऊ निम्छरो भए पनि उसका ससुराली खान्दानीकै हुन् । आफ्नी बहिनीको बिहेमा जान उसकी श्रीमतीलाई हतार हुनु नौलो थिएन । श्रीमती आवश्यकताभन्दा बढ्ता तडकभडक देखाउन थालिन् । उसको मन पिरोलिँदै आयो । 

छोराछोरीले पनि सानिमाको बिहेमा जान नयाँ लुगाको फर्माइस् गरे । कताकताबाट पैसा जम्मा गरेर रञ्जनाले रामै्र साडी किनिछन् । छोराछोरीलाई पनि राम्रै लुगा हालिदिइछन् । श्रीमान्को सुट नभएकोमा भने उनलाई खल्लो लागिरहेको थियो । 

यो पटक भने एकसेट सुटको अति आवश्यकता देखियो । रञ्जनाले लोग्नेलाई सुट किन्न दबाब दिइन्, ‘बहिनीको बिहेमा चाहिँ सुट चाहिन्छ है ! जसरी भए पनि सुट हाल्नु पर्छ । माइतीको इज्जत राखिदिनु परेन ? सधँै कति सर्टपाइन्ट देखाएर हिँड्नुहुन्छ ? फेरि गर्दो पनि रामै्र चाहियो ।’

‘के तेसो भए अब म नाङ्गै हिडूँ ?’ उसले भन्यो । 

‘तपाईं खोँचे नथाप्नुस् न !’ उनले भनिन् । 

‘कस्को सुट मागौँ ?’ उसले भन्यो । 

‘माग्ने हैन किनेर लगाउने । मागेर कति दिन चल्छ ?’ उनले भनिन् । 

‘पैसा कस्ले दिन्छ सुट किन्न ?’ उसले भन्यो । 

रञ्जना जङ्गिइन्, ‘नामर्द त नहुनु नि ! थोरै तलबको भए पनि सरकारी जागिर छ । रिनसिन गर्दा पनि भइहाल्छ । गर्दो तपाईं नै लिएर आउनू ।’ 

ऊ जङ्गियो, ‘रिन गरेर सुट किन्नु । तिम्रो बहिनीको बिहेमा जानू । अनि तिम्रा माइतीको इज्जत राखिदिनू । त्यै हैन मेरो दायित्व !’ 

रञ्जना अझै कड्किइन्, ‘ल, यही औँठी बेचेर सुट किन्नू । अनि बिहेमा जानू । म धन्दा गर्न भोलि नै जान्छु । तपाईं पर्सि आउनू ।’ 

उनले बिहेको औँठी फुकालेर दिइन् । उसले लिएन । ऊ कोठातिर लाग्यो । 

रञ्जना भोलिपल्ट बिहानै माइत गइन् । छोराछोरीको परीक्षा त्यही दिन सकिने भएकोले गएनन् । ऊ आपैmँले खाना बनायो । बच्चालाई खाना खान दियो । स्कुल पठायो । केहीबेरपछि ऊ स्कुल गयो । 

बाटोभरि सोच्यो, ‘यही शिक्षकले डाक्टर, इन्जिनियर, वकिल, प्रोफेसर, न्यायाधीश, योजनाकार बनाउँछ । यही शिक्षकले मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, बनाउँछ । तर यही शिक्षकलाई किन सबैले हेप्छन् हँ ! यति नै तलब खाने कुनै अफिसको सुब्बा वा खर्दारै मात्र भएको भए मलाई यसरी हेप्न सक्थे ! जसले जरा भएर सिङ्गो रूख थामेको छ, त्यही जराको  जस छैन । धत् यस्तो पनि जागिर .......!’

.........

ऊ स्कुल पुग्यो । परीक्षा चलायो । घर फर्कियो । बिहेको दिन परीक्षा थिएन छोराछोरीको । छोराछोरीलाई बिहानै पठाइदियो । 

स्कुलमा साथीहरूसँग केही पैसा सापटी माग्यो । अलिछिटो निस्कियो स्कुलबाट । तयारी कपडा पसलमा गयो । सुट हे-यो । घुमीघुमी हे-यो । मोल सोध्यो । थचक्कै बस्यो । बोलेन । हिँड्यो । 

पुस्तक पसलमा गयो । दुईवटा पुस्तक किन्यो । गिफ्टपेपरमा बाँध्न लगायो । घरतिर नगई सोझै ऊ ससुरालीतिर लाग्यो । 

बाटोभरि सुटकै भूतले छल्यो । सोच्यो, ‘औकातभित्रको सुट पाएको भए तिनीहरूको इज्जत राखिदिन्थेँ । के गर्नु, एक महिनाको तलबले एउटा सामान्य सुट नआउने रहेछ । नजाऊँ भने ज्वाइँ ठूलो भए भन्लान् । जाऊँ भने उनीहरूको इज्जत स्खलन होला ।’ 

एकमनले फर्कने विचार ग-यो । फेरि सोच्यो, ‘नजिक भएका ज्वाइँ यस्ता र उस्ता भन्लान् ।’ 

प्लास्टिकको थैलोमा पुस्तक हाल्यो । त्यसलाई झोलामा राख्यो । ऊ ससुराली पुग्यो । 

जन्ती आइसकेका रहेछन् । विवाहमण्डप राम्रोसँग सिँगारिएको थियो । ऊ अप्ठेरो मान्दै ‘शुभ–विवाह’ लेखिएको गेटबाट छि-यो । यतिखेर उसले सुट बिर्र्सिएको थियो । छोराछोरी अरू केटाकेटीसित खेलिरहेका थिए । 

उसलाई सुटआतङ्कले फेरि गाँज्यो । सबैले आपैmँलाई हेरेजस्तो लाग्यो । पुस्तक च्याँपेकोच्याँपै ग-यो । ऊ श्रीमती खोज्दै गयो । भेट्यो । भन्यो, ‘यो राख ।’

रञ्जना एक्लै थिइन् । उनी रिसाइन्, ‘फेरि उही सर्टपाइन्ट ! तपाईं कस्तो मान्छे ! सुट किन्न मैले औँठी बेच्नू भनेको होइन ? यो के हो नि ?’ 

उनले पोको लिइन् । उसले भन्यो, ‘म मैजस्तो मान्छे । अरूजस्तो किन हुनुपरेको छ र ! त्यो पोकोमा मेरो साथीको जन्मदिनमा दिने उपहार छ । यतैबाट साथीको जन्मदिन मनाउन जानु छ ।’ 

‘अनि गर्दाे खै त ?’ उनी बोलिन् । 

‘भोभो नकराऊ । गर्दो आउँदैछ ।’ ऊ खस्रो गरी बोल्यो । 

पतिपत्नी दुवै छुटे । उनी बहिनी भएतिर गइन् । ऊ बाहिर गएर उभिइरह्यो । सबैले उसलाई हेरेभैmँ लाग्यो । 

साँझ पर्दै गयो । छिट्टै साँझ परोस्, उसको कामना थियो । 

टीकाटालोको समय भयो । सबैका जोडीजोडी भएर गोडा धोए । गर्दो हाले । उसको पालो आयो । रञ्जनालाई झोला ल्याउन भन्यो । टीका लगायो । -यापिङ्ग पेपर खोल्यो । भन्यो, ‘पैसा मासिन्छ, यो सदाका लागि चिनो बस्छ ।’ 

उसले एकएकओटा पुस्तक बेहुलाबेहुलीको हातमा राखिदियो । उपस्थित आफन्तहरू गललल हाँसे । 

कसैले भने, ‘कस्तो पाखे मान्छे रहेछ !’ 

कसैले, ‘कस्तो सोमत हराएको मान्छे रहेछ !’  भने । 

ऊ पर गएर बस्यो । त्यहाँ पनि आ–आफ्ना सुटकै चर्चा थियो । ऊ सुटपुराणस्थलमा बसेन । बसिसक्नु थिएन । सबैले उसलाई होच्याएजस्तो लाग्यो । गिज्ज्याएजस्तो लाग्यो । ससुराले पनि ज्वाइँले सुट नलगाएकोमा आपत्ति जनाए, उसले सुन्यो । 

उसलाई बिहेको रात कटाउन निकै मुश्किल प-यो । बल्लबल्ल उज्यालो भयो । बिहान सबेरै ऊ हिँड्यो । एउटा डिजिटल फोटोल्याबमा पस्यो । कमर्सियल पोजमा उभियो । फोटो खिच्न लगायो । भन्यो, ‘छिट्टै तयार गरिदिनुस् । फोटोमा कम्प्युटरको स्टोरमा भएका दामी सुट खोजेर लगाइदिनुस् ।’ 

फोटोवालाले त्यसै ग-यो । फोटो तयार भयो । स्प्लेन्डर बाइकको ठूलो फोटोको छेउमा ऊ उभिएको थियो । साँच्चैको बाइकको छेउमा उभिएजस्तो देखियो । कुनै मोडेल युवकजस्तै देखिन्थ्यो फोटोमा ऊ । उसले पैसा ति-यो । हिँड्यो । 

बिहे अन्माउने बेला भएछ । सुटकै चर्चा चलेको ठाउँमा गयो । सर्टको खल्तीको छेउमा फोटो भिरेको थियो । ऊ फोटो आफैं हल्लाइरहेको थियो, ज्यानै हल्लाएर । 

सुटको रङ, सुटको दाम, सुटको क्वालिटीकै चर्चा गरिरहेका युवा मण्डलीका छेउमा उभियो । अनि गर्वका साथ भन्यो, ‘मेरो सुट यस्तो दामी थियो, यस्तो दामी थियो तर कोठाबाटै कसैले चो-यो । ई, यस्तो थियो ।’ उसले फोटो देखायो । 

कसैले भन्यो, ‘यो मान्छे पागल भइसकेको रहेछ । किन उपचार नगरेको होला ?’

अर्कोले थप्यो, ‘यस्तो असामान्य व्यवहार देखाउँदा पनि मानसिक अस्पताल नलैजाने कस्ता हुस्सु !’

खै ? उसलाई कति भोल्टको करेन्ट लाग्यो, त्यहाँ बस्नै सकेन । कतै नहेरी हिँड्यो । हिँडिरह्यो । कता हिँड्यो, उसलाई नै थाहा भएन ।

........

श्रीमान्को सुट अभावले रञ्जनालाई घोचिरहेको थियो । बैनी अन्माएपछि उनी सिधै तयारी कपडा पसलमा गइन् । उनले कपडा पसलेलाई राम्रो सुट देखाउन भनिन् । बिहेमा टीकाटालाको केही पैसा थियो । आफूसँग भएको पनि थपिन् । राम्रै सुट आयो । नखुम्चिने गरी पट्टयाउन लगाइन् । पसलेले कपडाकै झोलामा सुट राखिदियो । उनी सुट बोकेर घर आइन् । रिस उठे पनि श्रीमान्लाई सुट किनिदिन सकेकोमा उनी गर्वले फुलेकी थिइन् ।

रञ्जना घर आइन् । श्रीमान्लाई सुट उपहार दिन उनी हतारिएकी थिइन् । तर ऊ घर आएन । रातिसम्म आएन । 

छोराले सोध्यो, ‘मम्मी, बाबा कहाँ जानुभयो ? रात परिसक्यो ।’

छोरीले सोधी, ‘कहिल्यै बाहिर नबस्ने बाबा कता जानुभयो ? लौन मम्मी, खोज्न जाऊँ ।’ 

उनले उत्तर दिन सकिनन् ।

भोलिपल्ट परिवार, इष्टमित्र, टोलछिमेकी उसलाई खोज्न निस्किए । पुलिसलाई खबर गरे । हराएको मानिसको हुलिया लेखाए । अँ हँ, ऊ भेटिएन । 

श्रीमान् हराउनुको पीडा छँदै थियो, रञ्जनाले सुटतिर हेर्न पनि सकेकी थिइनन् । ह्याङ्गरको सुटले उनलाई गिज्ज्याइरहेको थियो । 

(मञ्जरी प्रकाशनको प्रकाशोन्मुख कथासङ्ग्रह ‘बादशाहको अटोग्राफ’ बाट) 

प्रकाशित: २९ जेष्ठ २०७५ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App