१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ब्रान्डको साम्राज्य

अफिसमा पुग्ने जोकोही पनि झुक्किन्छ । पूजा कोठा हो कि ‘कर्पोरेट अफिस’ । टेबलमा गीता, रामायण, श्रीमद्भागवतका पुस्तक । भित्तामा धार्मिक पोष्टर । कम्प्युटरमा धार्मिक अनुष्ठानका गीत गुन्जिएको । काठमाडाैंको व्यापारिक हब न्यूरोड । सृष्टि कम्प्लेक्सको छैटौं तला । उदाउँदो व्यावसायिक घराना आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेको अफिसको दृश्य हो यो ।

स्टेप बार्इ स्टेपकाे राजनीति

उनलाई कसैले टपक्क टिपेर सांसद बनाएको पनि होइन । न कुनै नेताको आशीर्वादले । नेताको चाकडी चाप्लुसी गर्ने बानी पनि छैन ।११ वर्षकै बालापनमा राजनीतिमा होमिएकी स्याङ्जाकी पद्मा अर्याल जेलनेलसहित लामो राजनीतिक आरोह–अवरोह पार गरेर मन्त्री पदमा पुगेकी नेतृ हुन् । राजनीतिक यात्रा सुरु गर्दा उनले मन्त्री बन्छु भन्ने कल्पना नै गरिनन् । मुलुकमा यति छिटो राजनीतिक परिवर्तन होला भन्ने उनलाई लागेको थिएन ।

प्रजातान्त्रिक आन्दोलनका अथक सिपाही

मुजा परेको अनुहार हेर्दा लाग्छ, वीरबल बिराजीलाई बुढ्यौलीले छपक्कै छोपिसकेको छ तर सक्रिय जीवनशैलीले उनलाई अझै जवान बनाइराखेको छ । २००७ सालमा उनले सुरु गरेको सक्रिय राजनीतिलाई अझै क्रियाशील बनाइराखेका छन् । यही क्रियाशीलताले नै उनको उपनाम नै प्रजातन्त्रका सिपाही बन्न पुगेको छ । उनी राजनीतिकर्मी कम र प्रजातान्त्रिक आन्दोलनका सिपाही बढी देखिन्छन् र उनी आफूलाई चिनाउँदा पनि त्यही रुपमा चिनिन चाहन्छन् ।

‘हामी पाँचौँ चरणमा लडखडाउँदै उठेका छौँ’

एयरलाइन्सजस्तो एकदमै संवेदनशील बिजनेसलाई लामो समयदेखि सुरक्षित र भरपर्दो सेवा दिइरहेको बुद्ध एयरले तीन वर्षभित्रमा विदेशका विभिन्न सहरमा सेवा दिने योजना बनाएको छ । नियमअनुसार चल्न सक्दा सफलता हात पार्न सकिने ठम्याइ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको छ । उनको नजरमा कर्मचारी ठूला सम्पत्ति हुन् र तिनको मनोबल गिर्न दिन हुँदैन । संस्थाप्रति कर्मचारीको अपनत्वको भावना जगाउन खटेका कारण पनि कम्पनीको उचाइ हरेक वर्ष बढिरहेको छ ।

अन्तर्जातीय विवाह र ‘मनु’: रासायनिक गुणसूत्र

हाम्रो सृष्टिलाई हामीले दुई भागमा विभक्त गरी पनि हेर्न सक्छौं– १. प्रकृति–निर्मित पदार्थ र चेतनाको सृष्टि तथा २. मानव–निर्मित मानवीय व्यवस्थाको सृष्टि । मानवीय व्यवस्थाको सृष्टिले गर्दा हामीले प्रकृति–निर्मित सृष्टि वा व्यवस्थामा समेत हस्तक्षेप गर्दै त्यसमा परिवर्तन गर्ने संघर्ष गर्दै आएका छौं । यो संघर्ष कति मंगलकारी वा अनिष्टकारी भयो, त्यो चिन्तन गर्ने बेला त यो हो नै तर मानवले गरेको सृष्टि वा व्यवस्था देश, काल, पात्र अनुसार अग्रगति लिँदै जानुपर्ने मानवीय व्यवस्थाको समकालीन सन्दर्भमा मूल्यान्वेषण र तदनुकूल मूल्य–स्थापनाको चुनौतीको सामनाबाट पलायन विध्वंशकारी हुन सक्ने कुरा निर्विवाद छ ।

जागिर र हिरोको अफर छोडेपछि उद्योगी

रसियाबाट सिभिल इन्जिनियरमा पिएचडी गरेका ताराप्रसाद पोख्रेल पेशाले उद्योगी हुन् । अग्नि सिमेन्टका सञ्चालक पोख्रेलले अन्य ४ ब्रान्ड सिमेन्ट उत्पादन गरिरहेका छन् । कान्तिपुर इन्जिनियर कलेजका अध्यक्षसमेत रहेका पोख्रेलको अन्य थुप्रै ठाउँमा लगानी र संलग्नता छ । कुनै बेला उनी सरकारको ओभरसियरका रुपमा जागिरेसमेत रहेका थिए ।

अझै लाखौं नेपाली नागरिकता विहीन : उपप्रधानमन्त्री यादव

उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले विदेशमा बस्ने नेपालीको नागरिकता संविधानमै  सुनिश्चित भइसकेको बताएका छन्।

नागरिकता विधेयक समितिमा अलपत्र

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकता सम्बन्धित विधेयक महिनादिनदेखि अलपत्र छ।

पञ्चासे कलिङ (फोटोफिचर)

पोखराबाट पञ्चासे भञ्ज्याङसम्मै कच्ची सडक छ । जीप वा मोटरबाइकमा जान सकिन्छ। फेवाताल पारिको विश्व शान्ति स्तुप हुँदै हिँडेरै पुम्दी गाउँ भएर दोस्रो दिन पञ्चासे पुगेर तेस्रो दिन पर्वतको चित्रे गाउँ झर्दा धेरै कुराको स्वाद पाइन्छ। यसैगरि स्याङ्जाको आँधीखोला गाउँपालिकाको बाङसिङमा रहेको श्रवण कुमारको मन्दिर क्षेत्र अवलोकन गर्दै पनि पञ्चासे पुग्न सकिन्छ।

त्रिविका सबैभन्दा खराब विद्यार्थी !

किशोर अवस्थाका सरुभक्त आफू मात्रै बसेको र साथीभाइ सबै उभिनुपरेपछि हाँसोले आफूले आफूलाई रोक्न सकेनन् साथीहरूतर्फ हेर्दै मज्जाले हाँसिदिएछन् । त्यसपछि मार्था गुरुआमाको रिसले पारो चढेछ । अरूलाई बसाएर स्टिलको स्केलले उनैले कुटाइ खाएछन् । त्यो घटना सम्झिँदै रोमाञ्चित भएका सरुभक्तले थपे, ‘आफू मात्रै बसेको, अरू सबै उठेको त्यो दृश्य देख्दा हिजोआज त हाँसो उठ्छ झन् त्यतिबेला किन नउठ्नु ?’

‘मेरै निश्चललार्इ भेट्न मन लागिरहन्छ’

नेपाली चलचित्रमा पछिल्लो समयमा चलेकी नायिका हुन् स्वस्तिमा खड्का । उनले ‘दुई रुपैयाँ’ चलचित्रमा खेलेपछि दर्शकमाझ लोकप्रिय बनेकी स्वस्तिमाले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका हुन् । उनले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई बताएकी छन् ।

निःस्वार्थ माया

पर मैले सबनमलाई देखेँ । ऊ सायद माइती आएकी हुँदी हो, नत्र धेरै भएको थियो उसलाई नदेखेको ! केही दिनअघि उसको पिताको निधन भएको सुनेको थिएँ, सायद बाउको मैयतमा आएकी हुँदी हो।

बलात्कृत समाज

जब बिहान उठ्नेबित्तिकै प्रगति र सफलताका खबर हेर्न पत्रिका उठाउँछु, ठूला ठूला अक्षरमा लेखिएका ‘बलात्कार..., हत्या...’ आदि शब्दले बिहानैदेखि तनाव सिर्जना हुन्छ । अनलाइन खोलौँ वा टेलिभिजन, सबैमा अग्रपंक्तिमा यिनै शब्द जोडिएका समाचारले मात्र ठाउँ पाउन थालेका छन् । यस्ता खबरले हामी दिनभरिकै ऊर्जा सोस्न थालेका छन्।

महिलाका नाममा नागरिकता पाउन समस्या नै समस्या

बुवा बित्नुभयो आमाले काको घरमा छोरी राखेर अन्तै गइन् । उनको नागरिकता पाएकी छैनन्।

नागरिकसहितका राष्ट्रिय पत्रिका जलाइयो

वन विनाश गरेर गोदावरी जंगलमा राजधानी बनाउन लागेको समाचार नागरिक लगायतका राष्ट्रिय दैनिक पत्रिकाले समाचार लेखेको भन्दै भूमाफिया र काठ तस्करको समूहले कैलालीको अत्तरियामा राष्ट्रिय दैनिक पत्रिकाहरू जलाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्