१२ मंसिर २०८१ बुधबार
image/svg+xml

१ सय ९ वर्षमा जेष्ठ नागरिक परिचय पत्र

धादिङको थाक्रे गाउँपालिका –१० की लक्ष्मी सापकोटाले १ सय ९ वर्षको उमेरमा जेष्ठ नागरिक परिचय पत्र पाएकी छन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले गाउँमा नै पुगेर उनलाई परिचय पत्र वितरण गरे। ढिलै भएपनि जेष्ठ नागरिक परिचय पत्र खुसी लागेको सापकोटाले बताइन्।

ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताएका छन्।

बाआमा बोझ भए!

हाम्रा सामाजिक व्यवहार र चिन्तनहरूमा दिनानुदिन परिवर्तन आउँदैछ । हाम्रा दैनिकीहरू र हाम्रा कामका चरित्र पनि दिनानुदिन फेरिँदैछन्।

कात्तिकभित्रै सवा लाखलाई राष्ट्रिय परिचयपत्र

सरकारले एक लाख १७ नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले पहिलो चरणमा पाँचथर जिल्लाका एक लाख १० हजार र सिंहदरबारभित्र कार्यरत सात हजार सरकारी कर्मचारीलाई आगामी कात्तिक महिनाभित्र परिचयपत्र वितरण गर्न लागेको हो।

खुसी हुने सुत्र

जीवन गतिशील छ । नयाँ–नयाँ घटनाक्रम चलिरहन्छ । हामी जीवनमा धेरै कुराको अपेक्षा राख्छौँ किन भने हाम्रो महत्वाकांक्षा ठूलो छ । मानौं हामी जीवनमा एउटा घटना घट्यो । यो घटनाक्रमप्रति हाम्रो धारणा कस्तो हुन्छ त्यही कुराले हामी कति खुसी हुने नहुने भन्ने निर्धारण गर्छौँ ।

सेन्टिमेन्टल गीतमा लठ्ठ हुन्छु : श्रृष्टि श्रेष्ठ

पूर्व मिस नेपालसमेत रहेकी श्रृष्टि श्रेष्ठ चलचित्र ‘गाजलु’बाट नेपाली चलचित्रमा उदाएकी नायिका हुन् । पछिल्लो समयमा चलचित्र रोमियो एण्ड मुनामा अभिनय गरेकी थिइन् । उनका केही चलचित्र प्रदर्शनका क्रममा रहेका छन् । उनले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताएकी छन् ।

भारतीयले लिएको नागरिकता छानविन गर्न नेकपाको माग

ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नागरिकले गैर कानुनी रुपमा लिएको नागरिकताको छानविन गर्न माग गरेको छ। कट्टेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भारतीयहरुले गैर कानुनी रुपमा नागरिकता लिएको सुन्नमा आएको भन्दै तत्काल यसलाई रोक्न र किर्ते नागरिकता छानविन गर्नका लागि उच्चस्तरीय आयोग बनाउन सरकारसँग माग गरेको छ।

नागरिकको सम्पत्ति खोसिने विषयमा संवेदनशील बन्न अादेश

सर्वोच्च अदालतले घरअगाडि बाटो बनाउँदा नागरिकको सम्पत्ति खोसिने भएकाले क्षतिपूर्ति तोकेर मात्र सडक विस्तार गर्न परमादेश जारी गरेको छ।

६० हजारमा नक्कली नागरिकता

एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ।

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याइ पुर्याइएको छ।

सेवा केन्द्रका अधिकृत काजमा गएपछि नागरिकता बनाउन चार दिन

सिर्दिबासमा रहेको ईलाका प्रशासन कार्यालयमा एक जना अधिकृत स्तरको कर्मचारी नहुँदा स्थानीयले सात महिनादेखि त्यहाँबाट पाउने नागरिकता जिल्ला प्रशासन कार्यालय आएर लिईरहेका छन्। चुमनुब्री गाउँपालिकाको सिर्दिबाटबाट नागरिकता लिन सदरमुकाम आउँदा चार दिन समय र कम्तीमा पाँच हजार खर्च हुने गरेको स्थानीय बताउँछन्।

६/६ महिनामा बायोडाटा अपडेट

करिब २३ वर्षे जागिरेका क्यारियरमा आधा दर्जनभन्दा बढी संस्थाको अनुभव सँगाल्दा नारायण ज्ञवालीले आफूलाई असुरक्षित होइन कि झन् बढी सुरक्षाको अनुभूति गरेका छन् । लामो समयसम्म एउटै संस्थामा काम गर्नु हुँदैन भन्ने ‘आत्मनियम’ बनाएका ४५ वर्षे ज्ञवालीले पटक–पटक संस्था फेर्दा आजको दिनसम्म कहिल्लै बेरोजगार भएका छैनन् ।

पाँच वर्षभित्र आफ्नै पाइलट

सरकारले नेपाली वायुसेवा कम्पनीले आगामी पाँच वर्षभित्र आफ्ना विमान चलाउन नेपाली पाइलट राख्नुपर्ने नियम लागू गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत भदौबाट कार्यान्वयनमा ल्याएको वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था २०७५ ले आगामी पाँच वर्षभित्रमा नेपाली पाइलट राख्नुपर्ने व्यवस्था गरेको हो।

अन्तर्राष्ट्रिय उडानका लागि तयार भयाे विराटनगर विमानस्थल

अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर विमानस्थलको पूर्वाधार तयार भइसकेको नागरिक उड्ययन प्राधिकरण विराटनगरले जनाएको छ।

मान्छे किन अपराधी हुन्छ ?

हाम्रो समाजमा जघन्य आपराधिक घटना घट्ने गरेका छन् । चाहे त्यो बलात्कार होस्, चाहे त्यो हत्या हिंसा नै किन नहोस् मानिस अति नै क्रुर अपराधी बन्ने गरेका छन् । किन यस्तो भइराखेको छ ? यसको गहन अध्ययन हुन ढिला भइसकेको छ । यसपालिको लेखमा बलात्कारजस्ता जघन्य अपराध किन हुन्छन् ? व्यक्ति किन जस्तोसुकै घृणित कार्य गर्न पनि अग्रसर हुन्छ भन्नेबारे मनोवैज्ञानिक र आध्यात्मिक तवरबाट उल्लेख गरिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्