१२ मंसिर २०८१ बुधबार
image/svg+xml

घरमै नागरिकता

वीरेन्द्रनगर–७ इत्रामकी ९६ वर्षीया बृद्धा बसुन्धरा आचार्य हिँडडुल गर्न सक्दिनन्। खानदेखि शौचालय जानसम्म उनलाई सहयोगीको आवश्यकता पर्छ।

नागरिकता समस्या बारे मुख्यमन्त्री भन्छन्: भान्जाभान्जीको स्वार्थ त्याग्नुपर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही राजनीतिक दलले भान्जाभान्जीलाई नागरिकता दिलाउन खोज्दा नागरिकता वितरणमा समस्या आएको बताएका छन्।

पाेल पाेलमा प्रधानमन्त्री र मेरा पाेष्टर श्रमिकले टाँगेका हुन्ः श्रम मन्त्री विष्ट (भिडियाे)

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा याेजनाकाे घाेषणा कार्यक्रममा राजधानीका पाेल पाेलमा  टासिएका पाेष्टर सरकारी खर्चमा नगरिएकाे दाबी गरेका छन।बुधबार नागरिक नेटवर्कको प्रत्यक्ष संवाद कार्यक्रम नागरिक फ्रन्टलाइनमा कुरा गर्दै उनले अाम श्रमिकले बनाएर पाेलहरूमा टाँसेकाे दाबी उनले गरे।

नागरिक फ्रन्टलाइनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सम्वाद ।

नागरिक फ्रन्टलाइनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सम्वाद ।

बलात्कार प्रयासका आरोपितसँग तीनवटा नागरिकता

एक महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि पक्राउ परेका फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका देवेन्द्र शिवासँग तीनवटा नागरिकता भएको खुल्न आएको छ।

नागरिक संगठनको धर्म

बहुलवादी स्वतन्त्र समाजमा मात्र नागरिक सङ्गठनको स्वतन्त्र अस्तित्व हुनसक्छ। पञ्चायतकालमा निर्देशित र नियन्त्रित गैरसरकारी सङ्गठनको स्थितिका बारेमा हामी जानकार छौँ। जनताको आवश्यकता र अभिमत अनुरुप शासन सञ्चालन गर्नु लोकतन्त्रको एकमात्र अभिष्ट हो।

प्रशासनअघि कालो पट्टी बाँधेर विरोध

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले जिल्ला प्रशासान कार्यालय कञ्चनपुरको प्रवेशद्वार अगाडि हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन्।

जबरजस्ती करणी आरोपमा भारतीय पक्राउ

जबरजस्ती करणीको आरोपमा पर्वतमा एक भारतीय नागरिक पक्राउ परेका छन्। फलेबास नगरपालिका वडा नम्बर ५ मा डेरागरी बस्ने भारतीय नागरिक सद्रे आलम पक्राउ परेका हुन।

हिमाल चढेर फर्केका अमेरिकी नागरिकको मृत्यु

हिमाल चढेर फर्कने क्रममा खुम्बुमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। आमादब्लम हिमाल चढेर फर्कदै गरेका अमेरिकी नागरिक स्टेभन भिक्टोर डिमको खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा पर्ने बेसक्याम्प टु मा लेक लागेर ज्यान गएको  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

नागरिकता लिँदा बुवाको पहिचान हटाउन माग

कुनै पनि नेपाली नागरिकले बाबुको पहिचान नभएसम्म नेपाली नागरिकता नपाउने व्यवस्था प्रस्तावित संशोधन विधेयकबाट हटाउन सांसदले माग गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बुधबार भएको दफाबार छलफलमा संशोधनकर्ता सांसदले आमाको नामबाट नागरिकता दिँदा बाबुुको पहिचानको कुरा हटाउनुपर्ने बताएका हुन्।

मर्निङ वाक घाम लागेपछि मात्र

कचौरा आकारमा रहेको काठमाडौँ खाल्डोमा हावा चल्ने दिशा पूर्व–पश्चिम मात्रै हो भन्छन् जानकारहरू। अवस्थिति र भू–बनोटका कारण हुरी–बतासकै गतिमा हावा चल्यो भने मात्रै यहाँको प्रदूषित हावा उपत्यकाबाट हुत्तिएर बाहिरिन सक्छ अन्यथा यहीँ रुमल्लिरहन्छ भन्छन् यसका अध्येताहरू। त्यही प्रदूषित हावामै हामी सबै आ–आफ्नो फोक्सो ‘सफा’ गरिरहेका हुन्छौँ, बिहानी हिँडाइसँगै।

दुर्गममा घरअाँगनमै नागरिकता

जिल्ला सदरमुकामदेखि झण्डै ८५ किलोमिटर पूर्वको निस्दी गाउँपालिकाका स्थानीयले गाउँमै नागरिकता पाउँदा दङ्ग परेका छन्। जिल्ला प्रशासन कार्यालयले तीन दिने घुम्ती कार्यालय शिविर मार्फत् नागरिकतासँगै अन्य सेवा दिएको हो।

बालयौन दुराचारीका आँखा नेपालमा

फ्रान्सेली नागरिक डेनिस म्याथ्यु मिसेल चुपाउ सन् २०१७ अक्टोबर २५ मा पहिलो पटक नेपाल घुम्न आएका थिए । उनी अर्का फ्रान्सेली नागरिक क्रिस्टोपे गुइलियससँग कागेश्वरी मनहरा नगरपालिकास्थित एक स्थानीयको घरमा डेरा लिएर बस्थे । उनीहरु आफ्नो भिसाको म्याद सकिन लागेसँगै स्वदेश फर्किए तर एक वर्षको अन्तरालमा दोस्रो पटक फरक फरक मितिमा फेरि नेपाल भित्रिए।

नागरिककर्मी गौतम सम्मानित

नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन्। म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले गरिब तथा विपन्नको उपचार, शिक्षा दिक्षाका साथै परोपकारी पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदान पु-याएको भन्दै गौतमलाई सोमबार म्याग्दीमा एक कार्यक्रम गरी सम्मान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्