२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गरिब परिवारलाई राहत बाँड्दै स्थानीय सरकार

रौतहटका स्थानीय तहले लकडाउनमा समस्यामा परेका गरिब परिवारलाई राहत दिन सुरु गरेको छ। रौतहटको गढीमाई, मौलापुर, देवाही गोनाहीलगायतका नगरपालिकाले लकडाउनमा समस्यामा परेका गरिब परिवारलाई खाद्यान्न राहत सहयोग वितरण सुरु गरेका छन्।

स्थानीय तहले राहत रकम पाए तर विपन्नले पाएनन्

लकडाउनको अवधिमा गरिब तथा विपन्न परिवारलाई खाद्यन्न र राहत सामग्रीका लागि रकम पठाएको एक साता वितिसक्दा समेत प्रदेश २ का अधिकांश स्थानीय तहले राहत वितरण गर्न सकेको छैन। समन्वय अभाव, झन्झिटलो प्रक्रिया र स्थानीय जनप्रतिनिधिको उदासिनताले राहत वितरण हुन नसकेको हो।

लकडाउनको मारमा परेका मजदुरलाई राहत दिने

जिल्लाको  हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका दैनिक ज्यालादारी मजदुरलाई राहत उपलव्ध गराउने भएको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीको काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका मजदुर परिवारलाई पहिचान गरेर नगरपालिकाले राहत प्रदान गर्ने तयारी गरेको हो।

‘लकडाउन’को मारमा परेका मजदुरलाई राहत दिने नगरको तयारी

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका दैनिक ज्यालादारी मजदुरलाई राहत उपलव्ध गराउने भएको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीको काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका मजदुर परिवारलाई पहिचान गरेर नगरपालिकाले राहत प्रदान गर्ने तयारी गरेको हो।

चन्दननाथमा एक करोडको राहत कोष

जिल्लाको चन्दननाथ नगरपालिकाले  कोरोना भाइरस (कोभिड – १९) को नियन्त्रण तथा रोकथामका लागि एक करोडको राहत कोष खडा गरेको छ। नगरकार्यपालिका बैठकले नगरपालिकामा विनियोजित विभिन्न शिर्षकको बजेट रकमान्तर गरेर राहतकोष खडा गरेको हो। कोषमा जनप्रतिनिधिको दुइ पटकको बैठक भत्ता र कर्मचारीको दुइ दिनको तलब जम्मा हुनेछ।

कोरोनाको जोखिममा राहत सङ्कलन र वितरण नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको अवस्थामा कसैलाई पनि राहत सङ्कलन तथा वितरण नगर्न आग्रह गरेको छ।

बाजुराको बडिमालिकामा गरिब तथा विपन्न परिवारलाई राहत प्याकेज

जिल्लाको बडिमालिका नगरपालिकाले गरिब तथा विपन्न परिवारका लागि राहत प्याकेज घोषणा गरेको छ। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारका लागि समस्या नहोस् भन्दै राहत प्याकेज ल्याएको नगर प्रमुख पदम बडुवालले बताएका छन्। नगर कार्यपालिकाको बैठकबाटै राहत प्याकेज घोषणा गरिएको नगर प्रमुख बडुवालको भनाई छ।

गरिब तथा विपन्न परिवारलाई राहत वितरण

जिल्लाको कुशे गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई ५० केजी चामल र एक प्याकेट नून दिने  निर्णय गरेको छ। गाउँपालिकाले लकडाउनले  समस्यामा परेका विपन्न परिवारलाई प्रति परिवार ५० किलो चामल र नून निर्णय गरेको हो। शनिवार गाउँपालिकाको केन्द्रमा  कार्यापालिकाका सदस्यहरु र अन्य सरोकारवालाहरुको वैठकले गाउँपालिकामा रहेका  ज्यालमा काम गर्नेले बिहान बेलुकीको खानाको जोहो गर्ने एक सय ९० विपन्न परिवारका जनतालाई खाद्य सामाग्री सहयोग गर्ने निर्णय गरेको हो।

विदुरद्वारा पाँच सय मजदूरलाई राहत

कोभिड–१९को संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेका कारण अर्थाभावले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई विदुर नगरपालिकाले राहत वितरण गर्न शुरु गरेको  छ।

धनकुटा नगरले १५ सय परिवारलाई राहत वितरण

धनकुटा नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने, अति विपन्न र श्रोत विहिन १५ सय परिवारलाई राहत वितरण गरेको छ।

कोराेना कहर : युवाले गरे राहत वितरण

कोरोना संक्रमणको त्रास बढेपछि देशमा गरिएको लकडाउनसँगै दैनिक ज्याला मजदुरी गरेर खाने अति बिपन्नहरुलाई रोल्पा सदरमुकामका स्थानीय युवा व्यापारीहरुले खाद्य सामग्री वितरण गरेका छन्। दैनिक मजदुरी गरेर परिवार धान्ने २१ व्यत्तिललाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, दुई किलो नुन र एक लिटर तेल वितरण गरिएको हो। सरकारले बिपन्नलाई राहतमा ढिलाई गरेपछि युवाहरुले आफ्नै खर्चमा राहत वितरण गरेका हुन्।

उदयपुरका स्थानीय तहद्वारा ७ हजार घरधुरीलाई राहत वितरण

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बचाउन सरकारद्वारा घोषित लकडाउनमा काम गर्न नपाएर हातमुख जोड्न धौधौ परिवारलाई उदयपुरका स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन्। जिल्लाका बिभिन्न स्थानीय तहले लकडाउनको ११औं दिनसम्ममा ५ हजार बढीलाई राहत प्याकेज वितरण गरिसकेको जनाएका छन्।

राहत बाड्न गएका कलाकारलाई प्रहरीले नियन्त्रणमा लियो

कलाकार कामेश्वर चौरसिया र फिल्म निर्माता राजकुमार महतो लगाएत पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

९ सय ५४ परिवारलाई खाद्यान्न

दैनिक मजदुरी गर्ने तथा विपन्न परिवारलाई नारायण नगरपालिका दैलेखले खाद्यान्न सहयोग गरेको छ। नगरपालिकाका सवै वडामा रहेका ९ सय ५४ परिवारलाई खाद्यान्न सहयोग गरेको हो।

व्यास नगरपालिकाको राहत कोषमा एक करोड

काले राहत कोव्यास नगरपालिषमा एक करोड विनियोजन गर्ने निर्णय गरेको छ। नगरपालिकाले राहत तथा औषधि उपचार कोषमा एक करोड रकम विनियोजन गर्ने निर्णय गरेको व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका वडा नम्वर–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्