२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राहत हत्याउने दाउमा छुट्टिदैं परिवार

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट मुलुकलाई बचाउनका लागि सरकारले गरेको लकडाउनका कारण समस्या परेका विपन्न परिवारलाई वितरण गर्ने भनिएको राहत प्राप्त गर्नका लागि तँछाडमछाड देखिएको छ। राहत बढी लिने होडबाजीका कारण श्रीमान–श्रीमतिबीच छुट्टिएको विवरण ह्वात्तै बढेको स्थानीय तहहरुले बताएका छन्।

‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’

काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदुरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ।

मैतिदेवी वडा कार्यालयबाट राहत सामग्री लिँदै सर्वसाधारण (फोटोसहित)

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तथा जोखिमलाई नियन्त्रण गर्न राष्ट्रव्यापी आपतकालीन लकडाउन गरेको ११ औं दिन पुगेको छ।

अत्यावश्यकीय वस्तु वडाबाट वितरण, गैरसरकारी संस्थालाई कडाइ

सरकारले कोरोना भाइरसको जोखिमलाई लिएर भएको लकडाउनपछि रोजगारीको अभावमा गुजारा चलाउन कठिन भएका परिवारलाई राहत प्रदान गर्ने भएको छ।

फुङ्लिङ नगरका जनप्रतिनिधिको मासिक तलब कोरोना राहत कोषमा

सबै जनप्रतिनिधिको १ महिना बराबरको तलब सुबिधा कोषमा जम्मा गर्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले २० लाख रुपैयाँको कोरोना भाइरस रोकथाम तथा राहत कोष खडा गरेको छ। नगर कार्यपालिकाको ४८ औं बैठकले नगरपालिकाभित्रका ६० जना जनप्रतिनिधिको १ महिनाको तलबमा नगरको रकम थप गरी २० लाख रुपैयाँको कोरोना भाइरस रोकथाम तथा राहत कोष बनाएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

राहत फर्म भर्ने ठाउँमा जे देखियो (फोटो फिचर)

सरकारले लकडाउनको समयमा प्रभावित बनेकाहरुलाई राहत दिने घोषणा गरेपछि स्थानीय तहमा फार्म भर्ने पुग्नेहरुको संख्या बढेको छ।

सांसद र सिडिओले बुझे राहत सामग्री

स्थानीय सुरेश पन्थले उपलब्ध गराएको राहात सामग्री (मास्क, सेनिटाइजर र पन्जा) सांसद र सिडिओले बुझेका छन्।

जथाभावी राहत वितरणमा रोक

कोरोना भाइरसको संकटमा जथाभावी राहत वितरणमा वीरेन्द्रनगर नगरपालिकाले रोक लगाएको छ। नगरपालिकाको अनुमतिबिना विभिन्न संघसंस्था र व्यक्तिले विभिन्न बस्तीमा राहत एवम् सुरक्षा सामग्री वितरण गर्ने गरेको गुनासो नगरपालिकामा आएपछि नगरले यस्तो निर्णय गरेको हो।

जिल्लाभर लगत संकलन, इटहरीमा राहत वितरण सुरु

सुनसरी खनारको रिलायन्स स्पिनिङ मिलमा चार हजारभन्दा बढी कामदार काम गर्दै आएकोमा अहिले सीमितबाहेक अधिकतर घर फर्केका छन्। उद्योगमा काम गर्नेमध्ये एक हजार छ सय हाराहारी उद्योगले उपलब्ध गराएको आवासमा बसोवास गर्दै आएकोमा अहिले दुई सय पुग/नपुग छन्।

दुई नगरपालिकाले बाँडे दुई सय परिवारलाई राहत

रौतहटका दुई नगरपालिकाले दलित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन्। लकडाउनको अवधिमा काम गरेर खाने परिवारलाई खानकै लागि समस्या भएपछि दुई नगरपालिकाले करिब दुई सय परिवारलाई खाद्यान्न वितरण गरेका हुन्।

जसले पुर्‍याइदिए विपन्नका घरघरमै चामलका बोरा

कुनै राजनीतिक नेता कार्यकर्ता होइनन् उनी। राजनीति प्रति त्यति मोह पनि छैन। तर, आपत्विद्तका बेला जनताको घरदैलो पुगेर सहयोग गर्न दौडादौड हुन्छ उनलाई। ७ वर्षअघि चपलिहाइट र लुट चलचित्रमा नायकको भूमिका निर्वाह गरेका राज घिमिरे अहिले आफ्नो कारलाई जनताको राहत सामग्री बोक्ने साधन बनाएका छन्। कारको बाहिरपट्टी माइक झुन्डाएका छन्।

राहत प्याकेज घोषणा गर्न कांग्रेसको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराएका छन्।

श्रमिकहरूका लागि विशेष प्याकेजको घोषणा गर्न आग्रह

विभिन्न क्षेत्रमा सक्रिय अगुवाहरुले श्रमिकहरुका लागि विशेष प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्। यो अभूतपूर्व मानवीय संकटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर गर्नु पर्ने कामहरू प्रशस्तै भएको उनीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्