५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

व्यास नगरपालिकाको राहत कोषमा एक करोड

तनहुँ – व्यास नगरपालिकाले राहत कोषमा एक करोड विनियोजन गर्ने निर्णय गरेको छ। नगरपालिकाले राहत तथा औषधि उपचार कोषमा एक करोड रकम विनियोजन गर्ने निर्णय गरेको व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका वडा नम्वर–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए। ‘अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै नगरपालिकाले राहत कोषमा रकम जम्मा गर्ने नगरपालिकाको राहत वितरण सम्बन्धी बैठकले शुक्रबार निर्णय गरेको हो,’ उनले भने।

यसअघि नगरपालिकाले राहत तथा औषधि उपचारको लागि पच्चिस लाख रूपैयाँ विनियोजन गरिसकेको थियो आजको बैठकबाट ७५ लाख रकम गरि कुल एक करोड रूपैयाँको कोष निर्माण गरिएको व्यास नगरपालिकाका नगरप्रमुख वैकु्ण्ठ न्यौपानेले बताए। ‘अहिलेको विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संम्भावित जोखिमलाई मध्यनजर गर्दै राहत वितरण तथा औषधि उपचारको लागि रकम विनियोजन गरेका हौँ,’ नगरप्रमुख न्यौपानेले भने। ‘नगरपालिकाले करिब तीन हजार पाँच सय घर परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको  छ,’ उनले भने।

राहत वितरणमा चामल, दाल, तेल र साबुन वितरण गरिने र खाद्यन्नको सम्बन्धित व्यावसायीहरुबाट मुल्यदर माग गर्ने निर्णय समेत बैठकले निर्णय गरेको छ। व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रवार बसेको बैठकले नगरपालिकाको वडागत रूपमा संकलित, श्रमिक, कृषि मजदुर, असाहाय एवं आश्रमहरूमा आश्रितहरुको विवरण प्रस्तुत भई छलफल समेत गरेको प्रवक्ता श्रेष्ठले बताए।

त्यस्तै नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ सवारी चालकलाई विशेष परिस्थितिमा प्राप्त सेवालाई धन्यवाद दिदै सुरू तलव मानमा ५० प्रतिशत तलव थप दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

कोरोना भाईरस कोभिड–१९ को कारण आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै तनहुँका विभिन्न स्थानिय तहले राहत कोष स्थापना गर्ने एवं राहत तथा औषधी उपचारको लागि रकम विनियोजन गरेका छन् । जिल्लाभर राहत कोषमा विनियोजीत रकम मध्ये व्यास नगरपालिकाले विनियोजन गरेको रकम अहिलेसम्मकै धेरै हो।

प्रकाशित: २१ चैत्र २०७६ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App