६ आश्विन २०८१ आइतबार
image/svg+xml

तेस्रो लिंगी खुलाएर नागरिकता दिनुपर्ने

तेस्रो लिंगीलाई अन्यमा नराखीकन लिंग खुलाएर नागरिकताको प्रमाणपत्र दिनुपर्ने माग गरिएको छ। राज्य व्यवस्था समितिले शुक्रबार सरोकारवालासँग गरेको छलफलमा यस्तो माग भएको हो।

घरमै नागरिकता

वीरेन्द्रनगर–७ इत्रामकी ९६ वर्षीया बृद्धा बसुन्धरा आचार्य हिँडडुल गर्न सक्दिनन्। खानदेखि शौचालय जानसम्म उनलाई सहयोगीको आवश्यकता पर्छ।

नागरिकता समस्या बारे मुख्यमन्त्री भन्छन्: भान्जाभान्जीको स्वार्थ त्याग्नुपर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही राजनीतिक दलले भान्जाभान्जीलाई नागरिकता दिलाउन खोज्दा नागरिकता वितरणमा समस्या आएको बताएका छन्।

बलात्कार प्रयासका आरोपितसँग तीनवटा नागरिकता

एक महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि पक्राउ परेका फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका देवेन्द्र शिवासँग तीनवटा नागरिकता भएको खुल्न आएको छ।

नागरिकता लिँदा बुवाको पहिचान हटाउन माग

कुनै पनि नेपाली नागरिकले बाबुको पहिचान नभएसम्म नेपाली नागरिकता नपाउने व्यवस्था प्रस्तावित संशोधन विधेयकबाट हटाउन सांसदले माग गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बुधबार भएको दफाबार छलफलमा संशोधनकर्ता सांसदले आमाको नामबाट नागरिकता दिँदा बाबुुको पहिचानको कुरा हटाउनुपर्ने बताएका हुन्।

दुर्गममा घरअाँगनमै नागरिकता

जिल्ला सदरमुकामदेखि झण्डै ८५ किलोमिटर पूर्वको निस्दी गाउँपालिकाका स्थानीयले गाउँमै नागरिकता पाउँदा दङ्ग परेका छन्। जिल्ला प्रशासन कार्यालयले तीन दिने घुम्ती कार्यालय शिविर मार्फत् नागरिकतासँगै अन्य सेवा दिएको हो।

भारतीयलाई नागरिकता दिएको विषयमा छानबिन सुरु

उदयपुरबाट भारतीय नागरिकले वंशजको आधारमा नागरिकता प्रमाणपत्र लिएको विषयमा स्थानीय प्रशासनले छानबिन थालेको छ।

नागरिकता विवरणमा हेर्न मात्र पहुँच

सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ। गत असोज ९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गृह मन्त्रालयको केन्द्रीय सर्भरमा रहेको नागरिकताको विवरणमा हेर्नमा पहुँच प्रदान गरिएको हो।

अझै लाखौं नेपाली नागरिकता विहीन : उपप्रधानमन्त्री यादव

उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले विदेशमा बस्ने नेपालीको नागरिकता संविधानमै  सुनिश्चित भइसकेको बताएका छन्।

नागरिकता विधेयक समितिमा अलपत्र

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नागरिकता सम्बन्धित विधेयक महिनादिनदेखि अलपत्र छ।

महिलाका नाममा नागरिकता पाउन समस्या नै समस्या

बुवा बित्नुभयो आमाले काको घरमा छोरी राखेर अन्तै गइन् । उनको नागरिकता पाएकी छैनन्।

भारतीयले लिएको नागरिकता छानविन गर्न नेकपाको माग

ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नागरिकले गैर कानुनी रुपमा लिएको नागरिकताको छानविन गर्न माग गरेको छ। कट्टेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भारतीयहरुले गैर कानुनी रुपमा नागरिकता लिएको सुन्नमा आएको भन्दै तत्काल यसलाई रोक्न र किर्ते नागरिकता छानविन गर्नका लागि उच्चस्तरीय आयोग बनाउन सरकारसँग माग गरेको छ।

६० हजारमा नक्कली नागरिकता

एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ।

सेवा केन्द्रका अधिकृत काजमा गएपछि नागरिकता बनाउन चार दिन

सिर्दिबासमा रहेको ईलाका प्रशासन कार्यालयमा एक जना अधिकृत स्तरको कर्मचारी नहुँदा स्थानीयले सात महिनादेखि त्यहाँबाट पाउने नागरिकता जिल्ला प्रशासन कार्यालय आएर लिईरहेका छन्। चुमनुब्री गाउँपालिकाको सिर्दिबाटबाट नागरिकता लिन सदरमुकाम आउँदा चार दिन समय र कम्तीमा पाँच हजार खर्च हुने गरेको स्थानीय बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्