६ आश्विन २०८१ आइतबार
image/svg+xml

उमेर बढाएर नागरिकता बनाउने क्रम बढ्यो

रसुवामा उमेर बढाएर नागरिकता बनाउनेको सङ्ख्यामा वृद्धि भएको छ। वैदेशिक रोजगारमा जानका लागि उमेर बढाएर नागरिकता बनाउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले कडाइ गरेको छ।

राेकिएन किर्ते नागरिकता धन्दा

किर्ते नेपाली नागरिकता बनाएको आरोपमा सप्तरी प्रहरीले एक भारतीय व्यापारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

विधेयकमा महिलालाई विभेद

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकविरुद्ध सडक अभियान जारी छ। नेपाल सरकारले यो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्दा प्रस्ट रूपमा ‘संविधानले निर्दिष्ट गरेबमोजिम नागरिकतासम्बन्धी विषयमा व्यवस्था गर्नका लागि’ भनी उक्त विधेयक दर्ता गर्नुको उद्देश्यलाई प्रकाश पारेको छ।

दोहोरो नागरिकलाई प्रहरीको संरक्षण !

नेपाल–भारत दुवै देशको नागरिकता र राहदानी लिएर नेपालमा ठगी गर्दैै हिँड्ने व्यक्तिलाई प्रहरीले संरक्षण गरिरहेको छ।

नागरिकता विधेयकमा एनआरएनको ९ बुँदे सुझाव

सरकारद्धारा संसदमा प्रस्तुत नेपाल नागरिकता ऐन २०६३ मार्फत गैरआवासीय नेपालीलाई प्रदान गरिने एनआरएन नागरिकता सरकारको सकरात्मक कदम भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ

नागरिकता विधेयक स्वीकृत

प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले सो विधेयक प्रस्तुत गरेका थिए।

छोरीको उदाहरण दिँदै गगनले नागरिकताबारे संसदमा उठाए गम्भीर प्रश्न

नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले आमाको नामबाट सजिलोसँग नागरिकता पाउनेगरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन्। गृहमन्त्री रामबहादुर थापाले मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ माथि टिप्पणी गर्दै थापाले आमाको नाममा सजिलोसँग नागरिकता दिनको निम्ति केही बाटोहरु खोल्ने अवसर आएको तर प्रस्तुत विधेयकमा आफूहरु चुकेको गुनासो गरे।

गृहमन्त्रीमाथि संसदमा भीम रावलको प्रश्नै प्रश्न

गृहमन्त्री रामबहादुर थापाले मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गरेका छन्। गृहमन्त्रीले विचार गरियोस भनी बैठकमा प्रस्तुत गरेको विधेयकमाथि टिप्पणी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले विधेयक परिमार्जनको माग गरे। उनले विधेयक प्रस्तुतकर्ता गृहमन्त्री थापालाई संविधान र ऐन बाझिएको जानकारी गराउँदै प्रश्नै प्रश्न गरे।

आसाममा ४० लाख मानिस नागरिकताविहीन

भारतको केन्द्र सरकारले प्रकाशन गरेको एउटा सूचीअनुसार उत्तरपूर्वी राज्य आसामका करिब ४० लाख मानिस नागरिकताविहीन रहेका छन्।

गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वय गरिने बताएका छन्। आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले  गैर आवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कटौती नगर्ने बताएका हुन्।

गंगामायालाई नागरिकता प्रदान

सरकारले गंगामाया अधिकारीको ११ वर्षदेखि गुमेको नागरिकता उपलब्ध गराएको छ। आइतबर जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत उनलाई नागरिकताको प्रतिलिीप दिइएको हो।

दोस्रो नागरिकता त्यागे खेल्न दिनुपर्ने सुझाव

स्विस फुटबल संघका महासचिव एलेक्स माइस्चेरले दोहोरो नागरिकता लिएकाहरूले यदि दोस्रो नागरिकता त्यागे भने देशका लागि खेल्न अनुमति दिनुपर्ने सुझाव दिएका छन्।

किर्ते कागज पेश गरेर नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ

खोटाङमा झुठो विवरण पेश गरी नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ परेका छन्। प्रशासनको रेकर्डमा उल्लेख नै नभएको नागरिकताको झुठो विवरण पेशगरी नागरिकताको प्रतिलिपी लिन खोजेको पाइएपछि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षिय उमेश क्षेत्री पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्