६ आश्विन २०८१ आइतबार
image/svg+xml

दसैंका लागि ८१ हजार खसी तयार

मोरङ बेलबारी–९ की लिला सुवेदीले दसैंमा बेच्नका लागि चावटा खसी तयार पारेकी छिन्। परिश्रमी उद्यमी महिला सहकारी संस्थामा आबद्ध भएर तीन वर्षदेखि बाख्रापालन गर्दै आएकी सुवेदीले दसैंमा बेच्नका लागि चारवटा खसी तायार पारेकी हुन्।

दसैंमा घर फर्कने तयारीमा थिए कृष्ण

अफगानिस्तानको काबुलमा बम आक्रमणमा ज्यान गुमाएका कृष्ण थापाको भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर, कालिका चोकस्थित घरमा सन्नाटा छाएको छ। घटनाको खबर सुनेदेखि उनकी पत्नी लक्ष्मी बेहोस छिन् भने ७८ वर्षीय बाबु गुन्जबहादुर र ७१ वर्षीया आमा चित्रकुमारी बोल्नसक्ने स्थितिमा छैनन्। कान्छो छोरा रञ्जितको पनि अवस्था उस्तै छ।

यसपालि दुर्गममा खाद्यान्न अभाव नहुने

बर्सेनि दसैंतिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा देशका अति दुर्गम क्षेत्रमा खाद्यान्न अभाव भएका खबर आइरहन्छन्। तर, यसपालि खाद्यान्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिक नेपाल खाद्य संस्थान) ले दाबी गरेको छ।

सुनको शुद्धता

काठमाडौँको न्युरोडमा कुनै सटर खाली भयो भने निश्चितरूपमा त्यस ठाउँमा नयाँ सुन पसल खोलिन्छ। नेपालमा अचेल अत्यन्तै फस्टाएको छ सुनको व्यापार। तीज, दसैँ र विवाहको समय बजारमा सुनको माग प्रतिदिन ५० केजीसम्म पुग्ने अनुमान छ। सामान्य दिनमा पनि सुनको माग दैनिक करिब ३० केजी भएको सुनिन्छ। तर सरकारले बैंकहरूलाई दैनिक २० किलोमात्र सुनको कोटा तोकेको छ।

एभरेस्ट होटल दसैंअघि खुल्दै

होटल सञ्चालकले भूकम्पको कारण देखाउँदै अनुगमनमा आएको हान सहितको सरकारी टोलीलाई रातो स्टिकर टाँस्न लगाएको आरोप लगाउँदै मजदुरले परिवारिक विवादका कारण आफ्नो रोजीरोटी गुम्न नहुने माग राख्दै आएका थिए।

यात्रा–अनुभूति : ऐतिहासिक भिरकोट दरबार पुग्दा

‘नजिकको तीर्थ हेला’ भनेझैँ आफ्नै घरपायकमा पर्ने ऐतिहासिक स्थल भएर पनि मैले यसपूर्व कहिल्यै भिरकोट दरबारमा पुग्ने अवसर पाएको थिइनँ। आफू शिशु अवस्थामा छँदादेखिको रहर यसपालिको दसैँतिहार बिदामा पूरा भयो। दसैँतिहारको लामो बिदामा म टीका लगाउन स्याङ्जाको झारुङखोलास्थित घरमा पुगेका थिएँ।

भाग्यले बाँचेकी उनी

यो वर्षको दसैं केही चिन्ता, केही तनाव, केही हतार र केही हताशमा बित्यो। परिवारका कुनै एक सदस्य विरामी पर्दा यस्तो चिन्ता, तनाव, हतार र हताश हुनेरहेछ। यो एकपटक मात्रै होइन धेरै पटकको अनुभव हो। तर, यसपालि अलि बेग्लै किसिमको चिन्ता, तनाव, हतार र हताशको अनुभव भयो।

‘बूढीकन्या नै बस्नी हो कि?’

दसैँ–तिहार अर्थात् घर–परिवार–गाउँ–साथी–सँगी। बाह्र महिनामा खुसी पनि फर्किन्छ। तर, अब सधैँ खुसी मात्र फर्किंदैन। यसले ल्याउँछ— अनेक प्रश्न, जिज्ञासा, खिसिट्युरीका वर्षा। हो, यसपालि यस्तै अनुभव भयो।

प्रदेश नम्बर पाँच : दसैं र तिहारमा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु

प्रदेश नं ५ मा दसैं–तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जनाको ज्यान गएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारी अनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन्।

हिमालपारी पुगेपछि...

दसैं नजिकिँदै थियो । घरजाने तयारी गर्नु पर्ने थियो तर मैले हिमालपारीको जिल्ला मनाङ जाने तयारी गर्नु प-यो । निम्तो थियो–मनाङ एग्रोको । रिपोर्टिङमा नगएको करीब ७ महिना पुगेको थियो ।

राष्ट्रपतिले टीका लगाएको तस्बिर भाइरल

नक्कली प्रमाणपत्र, उमेर बढाएको लगायतका आरोप लागेर बर्खास्त भएका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले दसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा सातादेखि भाइरल छ ।

टीका बहस

मूलतः राष्ट्रपति र केही हदसम्म प्रधानमन्त्रीसमेतले राज्यका विभिन्न निकायका पदाधिकारीदेखि सर्वसाधारणसम्मलाई दसैँमा टीका लगाइदिएको विषय र टीका लगाउँदाका प्रबन्ध र तौरतरिकामा खट्किएकाविषयका बहसलेयसपालिको दसैँलाई राम्रै तताए।

के सोच्यौँ के भयो

चीनले बनाएको ५५ किलोमिटर लामो पुल उद्घाटन भइरहेका बेला यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीले घुँडा टेकाएर आफ्नो हातको टीका ‘बक्स’ भएको सन्दर्भ चर्चा चुलिइरहेको थियो ।

शक्ति दिने वाख्यै वाख्यै

‘वाख्यै डुङडुङ हो ! वाख्यै–वाख्यै हो !’–दसैं सुरु भएयता पश्चिम क्षेत्रका मन्दिर र शक्तिपीठ यस्तै भाका/शब्दले गुञ्जित हुन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्