७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
शिक्षा रिसाल
विगत ७ बर्षदेखी पत्रकारितामा सक्रिय शिक्षा रिसाल नागरिक दैनिकको शनिबारीय परिशिष्टाङ्कमा कार्यरत छन्। जीवनशैली, युवारुची, नवीन ट्रेण्ड लगायतका सामाजिक विषयको फिचर लेखनमा उनको दक्षता छ।

शिक्षा रिसालका लेखहरु :

सञ्जालभरि छरियो तिहार रौनक

अहिले सामाजिक सञ्जाल आफ्नो भनाई पोख्ने स्थान मात्र नभएर आफ्नो दैनिकी घटना, जीवनशैली बाँड्ने रमाइलो थलो बनेको छ। भर्खरै दसैँ र तिहार सकिएको छ।

न्याय हराएको सय दिन

निर्मला पन्त बलात्कार र हत्याकाण्डको सय दिन भइसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । सय दिनसम्म पनि हत्यारा पत्ता नलगाएर आफ्नो निरिहपन देखाएको भन्दै सामाजिक सञ्जालमा सरकार र प्रहरीको चर्को आलोचना भइरहेको छ।

राष्ट्रपतिले टीका लगाएको तस्बिर भाइरल

नक्कली प्रमाणपत्र, उमेर बढाएको लगायतका आरोप लागेर बर्खास्त भएका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले दसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा सातादेखि भाइरल छ ।

अनलाइन गेमले लिन सक्छ ज्यान

इन्टरनेट, स्मार्टफोन र ट्याब्लेटहरूको बढ्दो प्रयोगले जीवन सहज बनाएको त छ । तर, केही जटिलता पनि थपिरहेको छ । यसले प्रयोगकर्तालाई डिप्रेसन, अपराध र आत्महत्या बढाउन पनि उत्तिकै बाध्य बनाएको छ।

निर्मलालाई न्याय देऊ

सुदूरपश्चिमको कञ्चनपुरमा एक महिनाअघि एक किशोरीको बलात्कारपछि हत्या भयो । स्थानीय विद्यालयमा १० कक्षामा अध्ययनरत निर्मला नामकी ती किशोरी साथीको घरमा पढ्न गएकी थिइन् । राति अवेरसम्म घर नफर्केपछि परिवारले सोधखोज गर्दै जाँदा उनको शव उखुबारीमा भेटिएको थियो ।

सञ्जालमा फाेटाेग्राफी दिवस

‘एउटा फोटोले हजार शब्द बोल्छ’ यो वाक्य फोटोग्राफी बुझ्ने र फोटोमा रुची भएकाहरु कसैको लागि पनि नौलो होइन।

‘पानी पर्‌यो कि निद्रै लाग्दैन’ (भिडियो रिपाेर्ट)

वर्षायाममा झरी पर्दा रमाउनेहरू धेरै छन् । पानी परेको आवाजमा लठ्ठ पर्दै मस्त निदाउनेहरूको पनि कमी छैन। तर, पानी परेपछि निद्रा हराम हुनेहरू पनि कम छैनन् । उनीहरूलाई असार–साउन नै नआइदिए हुन्थ्यो जस्तो लाग्छ।

इन्टरनेसनल युथ डे

अगस्त १२ अर्थात् आइतबार संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको अगस्त १२ का दिन मनाइने यो दिवस यो वर्ष ‘युवाहरूका लागि सुरक्षित स्थान’ भन्ने नाराका साथ मनाइयो।

साउन : पोते र मेहन्दी (भिडियो)

साउनको महिना, आउँदै गरेको तीज काठमाडौंको इन्द्रचोकको पोते बजार निकै व्यस्त छ। सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन्। साउन महिनादेखि तीज र दसैँसम्म लगाउनका लागि नौगेडी किन्न लागेको उनी बताउँछिन्।

चुरा - पाेते बजारमा साउने राैनक

साउन जारी रहेको र हिन्दु महिलाको पर्व तिज नजिकिँदै गएकोले काठमाडौं, इन्द्रचोकको पोते बजारमा निकै चहलपहल छ । सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन् । साउनदेखि तिज र दसैंसम्म लगाउन नौगेडी किन्न लागेको उनी बताउँछिन्।

आइ एम विथ डा. केसी

चिकित्सा शिक्षामा सुधारको माग राख्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी अनसन बसेको तीन साता नाघिसकेको छ । जुम्ला सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो १५ औं अनसन सुरु गरेका केसीलाई सरकारले गत बिहीबार जुम्लाबाट हेलिकप्टरमा राजधानी काठमाडौं ल्यायो।

लैंगिक भेदभावबाट रहेन अछुतो

विश्वकप २०१८ धेरै कुराले यादगार रह्यो। सारा विश्वको आँखाको केन्द्रविन्दु हुँदै सकिएको यसपालिको विश्वकप सफल हुनुमा पर्दापछाडिका धेरै नायकहरूको भूमिका महत्वपूर्ण थियो।

सोसल मिडियामा मार्सी चामल

पछिल्लो दुई सातादेखि प्राध्यापक डा. गोविन्द केसी जुम्लामा अनसनरत छन् । मेडिकल शिक्षाको सुधारका लागि विभिन्न माग राख्दै १५ औं पटक अनसनरत डा. केसीको स्वास्थ्य अवस्था झन झन नाजुक हुँदै गइरहेको छ।

घटे ट्विटर फलोअर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको ट्विटरमा करिब चार लाख फलोअर थिए । तर, अहिले उनको फलोअर संख्या घटेर ७७ हजारको हाराहारीमा पुगेको छ । केही दिनमै उनको फलोअरको संख्यामा करिव ८० प्रतिशतले गिरावट आएको हो ।

वृद्धाश्रममा बस्नेहरूको कथा

पुरानो बानेश्वरकी लक्ष्मीदेवी थापा २१ वर्षदेखि पशुपति वृद्धाश्रममा आफ्नो दैनिकी बिताइरहेकी छन् । ८६ वर्षकी उनी बिरामी हुँदा अपरिचित मान्छेले ल्याएर राखिदिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्