२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

सञ्जालमा फाेटाेग्राफी दिवस

‘एउटा फोटोले हजार शब्द बोल्छ’ यो वाक्य फोटोग्राफी बुझ्ने र फोटोमा रुची भएकाहरु कसैको लागि पनि नौलो होइन।  क्यामेराको अविष्कारसँगै शुरु भएको फोटोग्राफी विश्वभरमा स्यामेस्वेतबाट रङ्गीनसम्म आइपुगेको छ । महङ्गा हाते क्यामेरादेखि हात हातमा उपलब्ध सस्ता मोबाइल क्यामेराले फोटोग्राफीलाई अहिलेको युगसम्म ल्याएका छन् ।  समयसँगै फोटो खिच्ने तरिका र शैली परिमार्जित हुदै पनि आएको छ जसले फोटोग्राफी जगतमा एउटा नयाँ तरंग थपिदिएको छ । आ आफ्नो समयका कथा, वस्तु, प्रक्षेपण गर्न फोटोग्राफीले गरेको योगदान सम्भँदै हरेक वर्ष अगस्त १९ को दिन संसारभर ’विश्व फोटोग्राफी दिवस’ मनाइन्छ । आइतबार समाजिक सञ्जाल फेसबुक ट्विटर, इन्स्टाग्राम पनि फोटोग्राफीमय भयो ।  यी सञ्जालमा संसारभरका फोटोग्राफरहरुले  र आफुले खिचेका उत्कृष्ट तस्बिरहरु पोस्ट गरे । आइतबार सामाजिक संजाल ट्विटर मा ह्यासट्याग वल्र्डफोटोग्राफीडे दिनभर ट्रेन्डिङमा रह्यो ।  उक्त ह्यासट्यागममा करिब ७० हजारभन्दा बढि ट्विट पोस्ट भए ।  पेशेवर फोटोग्राफरदेखि लिएर राजनितिज्ञसम्म, स्कुले विद्यार्थीहरुदेखि लिएर पत्रकारहरुसम्म सबैले वल्र्डफोटोग्राफीडे ह्यासट्यागमा फोटोहरु पोस्ट गरे। फोटोग्राफीका विभिन्न विधाहरु जस्तै प्राकृतिक, संरचना, भुगोल, बन्यजन्तु, दैनिक जीवन आदिमा फोटोहरु पोस्ट भए। यो ट्रेन्डमा सबैभन्दा बढि सहभागिता फोटोपत्रकारहरुको देखियो। इंग्ल्याण्डका प्रसिद्ध फोटोग्राफर डेभ जीले यो दिनलाई समर्पित गर्दै विभिन्न फोटोहरु पोस्ट सामाजिक सञ्जालमा पोस्ट भएका छन्। ’आज विश्व फोटोग्राफी दिवस हो। कलाको यो अदभुत माध्यममा आफनो समय, पैसा र सिर्जना खर्च गर्ने सबैप्रती नमन। यो कठिन काम तर फलदायी हो।’

त्यस्तै नेसनल जियोग्राफिक च्यानलले आफ्नो ट्विटर एकाउन्टबाट विभिन्न महिला फोटोग्राफरहरुको अनुभव बाँडेको छ।  कथावाचनमा फोटोग्राफीको भुमिकालाई लिएर महिलाहरुले आफ्ना अनुभव बाँडेको कथन उक्त ट्विटमा छ, ’विश्व फोटोग्राफी दिवसमा हाम्रा केही महिला फोटो पत्रकाहरुले कथावाचनमा फोटोग्राफीको योगदानमा आफ्नो अनुभव बाँडेका छन।'

त्यस्तै बन्यजन्तु संरक्षणमा वर्षौदेखि लागिरहेको संस्था डब्लुडब्लुएफ युके ले लोपोन्पुख बाँदरको एक प्रजातीको संरक्षणलाई लिएर टुइट गरेको छ।

‘ह्यासट्याग वल्र्डवोराङटनडेरवल्डफोटोग्राफीडेसमिश्रण हुदै गर्दा विश्वभरमा बाकी ८०० तापानुली बाँदर र ८०० पिक्सलको यो फोटो उपयुक्त हुन्छ। हाम्रो संरक्षण अभियानमा सामेल भई बनफडानी, अवैध तस्करि र अरु क्रियाक्लापका विरूद्ध उभिनु होस।’ त्यस्तै भारतिय अभिनेत्री दिपिका पादुकोणले उक्त ह्यासट्याग प्रयोग गरि इन्स्टाग्राममा फोटो पोस्ट गरिन। आफ्ना समकक्षी र भुतपुर्व प्रेमी रनविर कपुरसँग ‘तमासा’ फिल्म सुटिङताका खिचेको फोटो पोस्ट गरेकि थिइन।  ’पलहरु कैद गर्दै’ क्यापसनमा उनले रनविर ढुङ्गामाथी बसेको फोटो हालेकी थिइन।  नेपाली फोटोपत्रकार बिकास कार्कीले आफनो टुइटरबाट हालसालै लागु गरिएको मुलुकी ऐनप्रती तिखो कटाक्ष गरेको छन । ‘आज बिश्व फोटोग्राफी दिवस । सबैलाई सुभकामना । तस्बिरखिचेकै भरमा जेल जानु पर्ने जुन अपराध सहिता छ त्यो १००५ अस्वीकार्य छ र सचाईयोस । सरकारले कति नागरिक आधिकार दिएको छ त्यसको मूल्याकंन प्रेस स्वतन्त्रताबाट हुन्छ हैन र?’

प्रकाशित: ४ भाद्र २०७५ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App